बसको ठक्करले बस चालककै मृत्यु

569 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ-  त्रिभुवन राजपथमा सोमबार राति यात्रुबाहक बसले ठक्कर दिँदा बस रोकेर शौच गरिरहेका अर्को बस चालकको मृत्यु भएको छ ।

नौविसे-२ अधेंरी खोलामा राति ११ बजे काठमाडौंबाट वीरगञ्ज जादै गरेको बा५ख १७३८ नम्बरको यात्रुबाहक बसका चालक पर्सा जिल्ला निवासी-४५ वर्षीय दीलिप उपाध्यायलाई बस रोकेर सडक छेउमा शौच गरिरहेका अवस्थामा सोही दिशाबाट आउँदै गरेको बसले ठक्कर दिएको थियो ।

घाइते भएका चालक उपाध्यायलाई उपचारको लागि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा पुर्‍याइएपनि बिहान साढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक उपाध्यायलाई ठक्कर दिने ना५ख ३१०३ नम्बरको बस र चालक काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ निवासी शिवप्रसाद गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यात्रुबाहक बसका चालक उपाध्यायलाई ठक्कर दिएपछि बसका अलपत्र यात्रुहरुलाई प्रहरीले वैकल्पिक चालकको खोजी गरि गन्तव्यमा पुर्‍याउन मद्धत गरेको थियो ।