शैक्षिक सरोकारवालाहरुकाने लागि अभिमुखीकरण

719 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,–स्थानिय शैक्षिक सरोकारवालहरुलाई अभिमुखिकरण कार्यक्रम आज धादिङ जिल्लाका विभिन्न विद्यालयहरुमा सम्पन्न भएको छ ।
DSC02937युनिसेफ, विश्व शिक्षा र प्रयास नेपालको साझेदारीमा संचालित आपतकालिन शिक्षा परियोजना अन्तर्गत अभिमुखीकरण गराइएको हो । विपदपछिको अवस्थमा बालबालीकाको शैक्षिक वातावरणमा सुधार ल्याउने उद्देश्य सहित जिल्लाभर अभिमुखीकरण सुरु गरिएको अभिमुखीकरण प्रयास नेपाल धादिङका निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो ।
अभियानको रुपमा संचालन गरिएको अभिमुखीकरणको आज दोश्रो दिन साङ्कोषको पशुपति मावि, निलकण्ठको बालमन्दिर मावि, सुनौलाबजारको कर्णेश्वर मावि, वेनिघाटको चन्द्रोदय उच्च मावि, थाक्रेको जनजागृति उमावि, केवलपुरको ज्योती उमावि र गोगनपानीको बागबच्छला प्राविमा सम्पन्न भएको छ । त्यस्तै सेमजोङको शान्ति प्रावि र बुद्ध प्रावि, लापाको लापा मावि लगायत आगिन्चोक, सल्यानकोट, बुढाथुम लगायतका विभिन्न विद्यालयहरुमा पनि अभिमुखीकरण सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको सहभागिता रहेको अभिमुखीकरणमा श्रोतव्यक्ति, विद्यालय निरिक्षक र प्रयास नेपालका प्रतिनिधिहरुले सहजीकरण गर्नुभएको छ ।
विपद, विपद पूर्व र विपद पश्चात अपनाउनु पर्ने जीवन उपयोगी सन्देशका बारे जानकारी गराउँदै सरोकारबालहरुलाई विद्यालय प्रति उत्तरदायीत्व बोध गराउन आवश्यक विषयवस्तुहरुका बारेमा सहजीकरण गरिएको प्रयास नेपालका कार्यक्रम संयोजक शेखर सापकोटाले बताउनुभयो ।
अभिमुखीकरणमा प्राकृतिक विपत र यसको व्यवस्थापन, सुरक्षित विद्यालयको महत्व र आवश्यकता, शैक्षिक सामाग्रीको प्रयोग विषयमा पनि जानकारी गराइएको थियो ।