धादिङका भुकम्पपिडितलाई लियो मेस्सीको सहयोग

853 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

messi-helps-dhading-nepal-earthquake-victim (1)धादिङ । विश्व फुटबल ईतिहासमा नाम कमाएका लियो मेस्सीले धादिङका भुकम्प पिडितहरुलाई सहयोग गरेका छन । उत्तरी धादिङको लापाबाट विस्थापित भई ढोला गाविस वडा नम्बर ७ मा अस्थाई शिविरमा बस्दै आएका ५६ घर धुरीलाई फुटबलर मेसीले सहयोग गरेका हन । हिमालयज फाउण्डेशन स्पेन मार्फत मेसीले अस्थाई शिविरमा बस्दै आएका भुकम्प पिडितहरुको लागि ५६ वटा अस्थायी भवन निर्माण गर्न आर्थिक सहयोग गरेका हुन ।
भवन निर्माणका लागि स्पेन निवासी एडुर्ने प्सबान लिजारीबार ले पनि सहयोग गर्नु भएको छ । ८ हजार भन्दा माथिका सबै हिमाल आरोहण गरेकी लिजारीबारले सगरमाथा पनि २ पटक आरोहण गरि सकेकी छिन । नेपाललाई राम्रो सँग चिन्छु, अहिले नेपालका केहि जिल्ला भुकम्पले क्षेत विक्षेत छ यस्तो बेला सहयोगको खाचो हुन्छ त्यसैले मेसी र मेरो पहलमा धादिङ ढोलामा बस्दै आएका भुकम्प पिडितहरुको लागि ६ पिल्लरको ८ कोठे ५६ वटा भवन बनाउदै गरेको लिजारीबारले बताउनु भयो ।