खाना पकाउने ग्यांस र डिजेलको अभाव

654 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, – लगातारको तराई वन्दले धादिङ जिल्लामा पेट्रोलियम पदार्थको अभाव निकै बढ्दै गएको छ । एक साता यता धादिङको वजारमा खानेपकाउने ग्यांस संगै डिजल र पेट्रोल अभाव भएको हो ।
पृथ्वीराजमार्गको मझिमटार देखि त्रिभुवन राजपथको खानीखोला सम्म धादिङ जिल्ला भित्र १३ वटा ग्यास उद्योग ( रिफिल सेन्टर ) संचालनमा रहेको भएपनि जिल्ला सदरमुकाम धादिङबेसी र जिल्लाका अन्य वजार तथा ग्रामीण भेगमा ग्यास पाईन छाडेको छ ।
download (7)उद्योगमा ग्यासं आउन छाडेपछि उत्पादन रोकिएर बितरण समेत ठप्प हुन पुगेको ग्यांस व्यवसायीहरुले वताएका छन ।
राजधानीको वजारलाई ध्यानमा राखी संचालनमा रहेका अधिकांश ग्यांस उद्योगहरु यतिबेला सुनसान वन्न पुगेका छन । खाना पकाउने ग्यांसको सिलिण्डर वोकेर वजारका ग्यांस पसलहरुमा धाउनेको संख्या बढ्दै गएपनि ग्यास पाउने संकेत नदेखिएपछि उपभोक्ताहरु निराश देखिन थालेका छन । पृथ्वीराजमार्गको महेशदोभानमा ग्यांस सिलिण्डर बिक्री गर्दै आईरहेका केशव काराखेतीका अनुसार कम्पनिले एक महिना अघि देखिनै कोटा घटाउंदै लगेको भएपनि यो अवस्थाको पुर्व अनुमान गर्न नसक्दा पनि धेरै उपभोक्ता मारमा परेका हुन ।

ग्यांस पाईन छाडेपछि निम्नस्तरका उपभोक्ताहरु सबैभन्दा बढी मारमा परेका छन । दाउराको माध्यमबाट खाना पकाउने सम्भावना पनि नरहेको र वजारमा ग्यांस पनि पाईन छाडेकाले समस्या बढेको हो ।
खाना पकाउने ग्यांस संगै वजारमा डिजल पेट्रोल,मट्टितेल,रासायनिक मलको अभाव पनि निकै बढ्न गएको छ । जिल्लाले मात्र अभाव झेल्नु परेको नभई देशैभरी संकट भएकाले यस बिषयमा सरकारी निकायले शशक्त पहल गर्नुपर्ने सर्वसाधरणको सुझाव छ । धादिङ जिल्लाभर दैनिक १० हजारको हाराहारीमा ग्यांस सिलिण्डर खपत हुने गरेकोमा अहिले एउटा पनि पाउन छाडेको व्यवसायीहरु बताउ्रछन । संकटको वेला पारेर कृत्तिम अभाव हुन नदिन स्थानीय प्रशासन सचेत रहनुपर्ने धेरैको सुझाव छ ।
ढुवानी ठप्प भएपछि जिल्लाका पेट्रोलियम पदार्थ बिक्री गर्ने डिपो तथा केन्द्रहरु वन्द हुन थालेका छन । खुल्ला राखिएको पसलमा भने उपभोक्ताको भिड देखिएपनि सामान दिन नसकिएको बा ग्यांसका ास्थानीय बिक्रेताहरु वताउंछन ।