नाकाबन्दीले उब्जाएको मनोबैज्ञानिक समस्या :

188 पटक पढिएको

प्रकाशित मिति: १२ आश्विन २०७२, मंगलवार १०:३५

सम्पादक: Dhading News

 

 

received_818170218281799…. डा . रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिषेशज्ञ

प्राकृतिक बिपत्ति, युद्ध वा नाकाबन्दीजस्ता आकस्मिक एबम अमानविय अवस्थामा भौतिक मात्र हैन मानसिक समस्या अपत्यारिलो ढंगबाट बढ्ने गर्दछ । भर्खर महाभूकम्पको त्रासदीबाट त्राण मिलेको समयमा देशमा भएका हिंसात्मक घटना, बन्द तथा भारतले गरेको अघोषित नाकाबन्दीको कारण धेरै व्यक्तिहरुमा आक्रोस, घृणा, पक्षधरता, असुरक्षा महशुष, अभावको कारण असहजता, भविष्यप्रतिको चिन्ता तथा नकारात्मक समाचार एबम हल्लाको कारण अहिले धेरैमा मानसिक असर देखिएको छ ।
मनमा केवल नाकाबन्दी तथा बन्दको सोंच आइरहनु, पूर्व रुचि र इच्छामा कमी हुनु, तत्काल अभाव नभएपनि अभाव अनुभूत हुनु, संचार माध्यम तथा कुराकानीमा नकारात्मक तथा सनसनीपूर्ण समाचार हेर्न / सुन्न चाहानु, हल्लालाई आफै थपथाप पारेर अरुसंग सेयर गर्न मन लाग्नु, आफ्नो काम अर्थात पढाइ, पेशा, ब्यबसाय वा सिर्जनात्मक सोंचमा मन नजानु, असुरक्षित एबम असहाय अनुभव गर्नु, निद्रा कम लाग्नु, खानामा रुचि घट्नु, मुटुको धड्कन बढ्नु, कामनगरेपनि थकाइ लाग्नु, निरास हुनु, समाधानको बिकल्प नदेख्नु, मनमा नकारात्मक कुरा खेल्नु, झर्को लाग्नु आदिजस्ता धेरै मनोबैज्ञानिक लक्षणहरु देखिएका छन् ।
तसर्थ बुझेका तथा दह्रो मन भएका अभिभावक, परिवार एबम समाजका सदस्य तथा संचार माध्यमहरुले सकारात्मक एबम आशाबादी चिन्तनको प्रसार गर्नु जरुरी छ ।अन्य देशमा भइरहेका युद्ध तथा तनाबको तुलनामा हाम्रो समस्या निकै न्यून हो  प्रकृतिले हामीलाई यस्तो अमुल्य उपहार दिएको छ कि संसार एकजुट भएर नाकाबन्दी गरेपनि हामीहरु हाम्रा प्राकृतिक सम्पदा, कृषि तथा सहयोगी मनको कारण हामीले अर्को जीवन बिताउन पनि सक्छौं । हाम्रै कारण बाँझा भएका, त्यागेका जग्गामा खेतीपाती, पशुपालन तथा आफ्नो सिपको प्रयोग गरेर पनि हामी स्वस्थ जीवन बिताउन समर्थ छौं । अर्को कुरा, यो अवस्था क्षणिक समयको लागि हो । जब जनतामा धैर्यताको बाँध टुट्छ, नेताहरुमा जनदवाब पर्छ, नाकाबन्दी गर्ने मुलुकलाई आन्तरिक र बाह्य दवाव आउँछ त्यसपछि हाम्रो दिनचर्या पूर्ववत फर्कनेछ । हरेक कालो रातपछि उज्यालो दिन आउने प्राकृतिक नियम हरेक क्षेत्र र जीवनमा लागु हुन्छ ।
हामीहरु कत्ति पनि चिन्तित हुनु, आत्तिनु तथा निरास हुनु आवश्यक छैन । आत्मबल भन्दा ठूलो उपचार, आत्मबल भन्दा ठूलो हतियार, आत्मबल भन्दा ठूलो साहस एबम आत्मबलभन्दा ठूलो सन्तुष्टि अरु केहि पनि छैन । अभावको घडीमा उपलब्ध श्रोतसाधनमा गौरब गर्नु सबैभन्दा ठूलो समाधान हो । यो अबधिमा सबैले आफ्नो काम गरौँ, हल्लाको बिस्वास नगरौं, नयाँ कामको सुरुवात गरौँ र मनले शरीरलाई लगाएको नाकाबन्दी आफुले नै खुलाऔं । इन्धन तथा आधारभूत आवश्यकतामा नाकाबन्दी गरेपनि हाम्रो आत्मबलमा कसैले नाकाबन्दी गर्न सक्दैन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१२ आश्विन २०७२, मंगलवार १०:३५ मा प्रकाशित

समाचार

सबै

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछानेले लगानी ऋण तिर्नै नसक्ने अवस्था आएपछि बच्चासहित त्रिशूली नदीमा हाम फालेर.....

Two held with illegal drugs in Dhading

Two persons have been arrested in possession of a huge cache of banned pharmaceutical drugs from Gajuri of Dhading district, on Friday, police said. Police intercepted a bus (Na 6 Kha 1760) heading to Lamjung from Kathmandu at Gajuribazaar along Prithvi highway and arrested Hemanta Gurung, 19, of.....

दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली.....

सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ ।.....

गाउँ गाउँमा गोरु जुधाएर मनाईयो माघे संक्रान्ति

- धादिङ न्यूज समाचारदाता धादिङ, - माघ १ अर्थात माघे संक्रान्ति बुधबार धादिङ लगायत देशभर विभिन्न कार्यक्रम गरी.....

Categories