कालिका नगरपालिकाको कार्यालय उद्घाटन

899 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20150929_154732चितवन- पूर्वी चितवनको जुटपानी, पदमपुर र शक्तिखोर गा.वि.स. मिलेर बनेको कालिका नगरपालिकाको कार्यालय, रेडक्रस ग्राम, चितवनको आज मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । हाल अस्थायी रुपमा पदमपुर गा.वि.स. कार्यालयलाई नगरपालिका कार्यालयको रुपमा उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले कालिका नगरपालिकाको सम्भावना प्रशस्त रहेको बताएका थिए । आर्थिक स्रोत त्यस्तै गरी चेपाङ बस्ती, कालिका मन्दिरको साथमा काखैमा रहेको सिराइचुली र उपर्दाङगढी समेत यस नगरपालिकाको गहना रहेको बताएका थिए ।

आर्थिक, प्राविधिक र क्षमता सम्पन्न नगरपालिका बनाउन सबै एकजुट हुने र यस नगरपालिकालाई चितवनकै उत्कृष्ट नगरपालिका बनाउने समेत बताइएको थियो । कार्यक्रममा क्षेत्र नं. २ का सांसद शेषनाथ अधिकारी, स्थानीय विकास अधिकारी श्रवण कुमार पोख्रेल, नेपाली काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठ, नेकपा एमाले चितवनका सचिव तेजेन्द्र खड्का, एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियार, राप्रपा नेपालका बद्रि तिमल्सीना, राप्रपाका भरतमणी भट्ट, राष्ट्रिय जनमोर्चाका डम्बर पुरी, नेकपा–माओवादीका कालिका नगर इञ्चार्ज उत्तम सिंखडा, साविक शक्तिखोर गा.वि.स. सचिव अर्जुन पगेनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साविक जुटपानी गा.वि.स. का सचिव एवम् कालिका नगरपालिकाका निमित्त कार्यकारी अधिकृत रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा साविक पदमपुर गा.वि.स. सचिव रमा आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।