दुईवटा सबारी साधन एक आपसमा ठोक्किदा १६ जना घाइते

547 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मलेखु ,२४ जेठ् ( धादिङन्युज)। पृथ्वी लोकमार्गमा पर्ने धादिङको चरौदीमा शुक्रबार बिहान १०:०० बजेको समयमा दुईवटा सबारी साधन एक आपसमा ठोक्किदा १६ जना घाइते भएका छन ।  पृथ्वी लोकमार्गमा मुग्लिन बाट काठमाण्डौ तर्फ आउदै गरेको ना४ख ८५०१ नं को ट्रक र काठमान्डौ बाट मुग्लिन तर्फ जादै गरेको बा२ख १८१९ नं को माइक्रो बस एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा   माइक्रो बसमा यात्रारत चालक सहित  १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।