बेहुलालाई आशिकाले भगाइन्

687 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बडा दशैको छेको अर्थात कार्तिक ३ गते फूलपातीलाई प्रदर्शन मिति तोकेको शिबम अधिकारी निर्देशित चलचित्र ‘सुश्री’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ ।
aaryan aashika fbअभिनेता आर्यन सिग्देल स्टारर फिल्म ‘सुश्री’ को सार्बजनिक ट्रेलरमा मुख्य पात्र आर्यन र डेब्यु हिरोइन आशिका तामाङलाई उच्च प्राथमिकतामा प्रस्तुत गरिएको छ ।
ट्रेलरमा अभिनेता आर्यन सिग्देललाई बलिउड अभिनेता सलमान खानको उपमा दिदै ‘सल्लु’ भनिएको छ । बिबाह पूर्ण रुपमा स्वतन्त्र हुनुपर्छ भन्ने सिद्दान्त बोकेको चलचित्रको सार्बजनिक ट्रेलरमा नायिका आशिकाले आर्यनलाई बिहेको जग्गे बाट नै भगाएकी छिन् ।
आर्यन र आशिका सहित ट्रेलरमा सुरबिना कार्की र राजाराम पौडेललाई पनि प्राथमिकतामा राखिएको छ । आत्मराम थापा निर्मित चलचित्रमा आर्यन,आशिका,सुरबिना र राजाराम सहित बिकास चापागाई र मिश्री थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई रामेश्वर कार्कीले खिचेका छन् भने शंकर बिसीको कोरियोग्राफी रहेको छ । चलचित्रमा सानुकुमारले दन्द निर्देशन गरेका छन् । त्यस्तै बसन्त सापकोटा र आशिष पुरुषको शब्द रहेको छ भने बसन्त र सुबास भुषालले संगीत भरेका छन् । चलचित्रको गीतमा सन्तोष लामा,बसन्त सापकोटा,मिलन अमात्य र निकिता थापाले स्वर दिएका छन् ।
आशिका फिल्म्स ब्यानरमा निर्माण गरिएको यस चलचित्रलाई देशभर रोहित-रत्न (आरआर)वितरण गर्ने जिम्मा लिएका छन् ।
ट्रेलर :