चित्त नबुझेका बिषयहरुमा संशोधन गरेर जान सकिने– सभामुख नेम्वाङ

454 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12079310_1004720136216227_3670596528503899518_nधादिङ,- अहिलेको संविधानमा चित्त नबुझेका बिषयहरुमा संशोधन गरेर जान सकिने भएकाले संविधान प्रति असहमती राख्नेपक्षहरुले संवाद र छलफल बाट निकास लिन सक्ने सभामुख सुवासचन्द्र नेम्वाङले वताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ धादिङ शाखाको नवनिर्मित भवन तथा बार्षिक साधारण सभाको उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख नेम्वाङले अहिलेको संविधान सबैको भावना समेटेर आएको वताउनु भएको छ । विश्व इतिहासमा नेपालले अद्धित्तिय संविधान पाउन सफल भएकाले कुनै पनि बिषयमा असहमती भएर संसदबाट निकास खोज्न उहांले आग्रह गर्नुभएको छ ।
विश्वका ठुला देशहरुमा संविधान निर्माण गर्दा संसदको झिनोमतबाट पारित भएको इतिहासलाई तोड्दै नेपालले समावेशी प्रतिनिधित्व सहित ८९ प्रतिशतको सहभागितामा संविधान निर्माण गरेर विश्वमा उदाहरणिय बन्न सफल भएको छ ।
11988431_1004719896216251_1496969028054075166_nसंविधान सभा मार्फत संविधान वनाउने जिम्मेवारी पाएका र सदन बाहिर रहेका दलहरुको अथक प्रयास र पसिनाले ७० बर्ष पछि नेपाली जनताको चाहना पुरा भएकाले अहिलेको संविधानलाई कार्यान्वयन गर्न सवैले साथ दिनु पर्ने सभामुख नेम्वाङको सुझाव थियो ।
दलहरु एक आपसमा मिलेर अघि बढेमात्र देशमा जस्तासुकै संकट पनि समाधान गर्न सकिने भएकाले सवैदललाई एकै साथ अहिलेको संकट समाधान गर्न उहांले आग्रह गर्नु भएको छ । सबैको हक अधिकार अहिलेको संविधानले समेटेको हुंदा एक पटक संविधान हेरेर मात्र प्रतिकृया व्यक्त गर्न नेम्वाङले आग्रह गर्नु भएको थियो । छिमेकी देशमा पनि संविधान वनाउंदा त्यहांको अवस्था र आवश्यकतालाई महसुस गरेर वनाईएकाले नेपालले पनि नेपालीहरुको चाहनालाई कदर गर्दै नयाँ संविधान वनाएको उहांको भनाई थियो ।
कार्यक्रममा संविधान सभा मार्फत संविधान जारी गरेर नेपाली जनताको भावनाको कदर गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सभामुख सहित सात जना सभासदलाई बुधवार धादिङबेसीमा नागरिक सम्मान गरेको छ ।सभामुख नेम्वाङ, धादिङ जिल्लाबाट निर्वाचत सभासदहरु राजेन्द्रप्रसाद पाण्डे,गुरुप्रसाद बुर्लाकोटी,धनवहादुर घलेका साथै समानुपातिक तर्फका सभासदहरु गंगालाल तुलाधर,दिलमान पाख्रिन,परशुराम तामाङ र रविन्द्रप्रताप शाहलाई नागरिक अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा महासंघ जिल्ला शाखा धादिङका संस्थापक सभापति सीतारामप्रसाद वर्मा,पुर्व अध्यक्ष्ना राजेन्द्रप्रताप शाहलाई पनि सम्मान गरिएको थियो । यसैगरी भवन निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरिएको थियो ।