संविधान सभालाई व्यवस्थित बनाउन थ्रेसहोल्ड अनिवार्य –एमाले नेता पाण्डे

577 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, २४ जेठ (धादिङन्युज )/ अब बन्ने संविधान सभालाई व्यवस्थित मर्यादित र जिम्मेवारव्यक्तिहरु सम्मिलित बनाउन संविधान सभा निर्वाचनमा थ्रेस होल्ड अनिवार्य भएको पुर्वमन्त्री एवम  नेकपा एमालेका पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेले वताउनु भएको छ ।   ।
थ्रेस होल्ड लागु गर्न सके संविधान सभाले विगतको नियति भोग्न नपर्ने पाण्डेको भनाई छ । बिघटित संविधान सभामा SAM_0412थ्रेस होल्ड लागु नभएकै कारण विभिन्न समस्या आएकाले यस पटक थ्रेस होल्ड अनिवार्य लागु हुनुपर्ने पाण्डेको भनाई थियो । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा नेकपा एमाले नीलकण्ठ गाउं कमिटीको  पांचौं अधिबेशनको शुक्रवार उदघाटन गर्दै एमाले नेता पाण्डेले  एकीकृत नेकपा माओवादी र मधेशवादी दलले  जातिय आधारमा संघियतामा जानुपर्ने बिषयमा सहमती गर्नुलाई देश टुक्रयाउने योजना भएको बताउनु भएको थियो ।   एमाले संघियताको विरोधी नभई जातिय आधारमा राज्य वनाउन हुंदैन भन्ने पक्षमा रहेकाले कार्यकर्तालाई खुलेर बहुजाती र बहुपहिचानको आधारमा संघियताको पक्षमा वकालत गर्न नेता पाण्डेले कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममलाई पुर्वमन्त्री एवम पोलिटव्युरो सदस्य गंगालाल तुलाधर,एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रामप्रसाद अधिकारी,नेकपा एमाले धादिङका अध्यक्ष खेम लोहनी लगायतका नेताहरुले सम्वोधन गर्नु भएको थियो ।   अधिबेशनले नयां गाउं कमिटीको चयन गर्नेछ ।