चेल्सीको अर्को हार, सिटीभन्दा १० अंकले पछाडि

930 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

football१७ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेण्डिङच्याम्पियन चेल्सीले अर्को हार व्यहोरेको छ ।

शनिबार राति भएको खेलमा चेल्सी साउथ हृयाम्पटनसँग ३-१ गोल अन्तरले पराजित भएको हो । यो हारसँगै चेल्सी लिग लिडर म्यानचेष्टर सिटीभन्दा १० अंकले पछाडि परेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० औं मिनेटमा नै विलियनको गोलबाट अग्रता लिएको थियो । तर, चेल्सीले अग्रता जोगाउन सकेन ।

पहिलो हाफको अन्तिमतिर साउथ हृयाम्पटनका स्टिभन डेभिसले बराबरी गोल फर्काए ।

६० औं मिनेटमा चेल्सीको डिफेन्सिभ कमजोरीको फाइला उठाउँदै साडियो मेनले गोल गरे । ७२ औं मिनेटमा ग्रासिआनो पेलले गोल गर्दै साउथ हृयाम्पटनलाई महत्वपूर्ण जित दिलाएका छन् ।

सिजनको चौथो हारसँगै चेल्सी ८ खेलबाट ८ अंकका साथै १६ औं स्थानमा छ ।

यो सिजन खराव लयमा रहेको चेल्सीको डिफेन्समा निकै समस्या देखिएको छ र उसले १७ गोल खाइसकेको छ ।

च्याम्पियन्स लिगमा पोर्टोसँग पराजित भएपछि चेल्सीका समर्थकहरुले कप्तान जोन टेरीलाई मैदान फर्कन अपील गरे । शनिबार राति उनी मैदान पनि फर्किए । तर, चेल्सकिो हार टार्न सकेनन् ।