छाङ्गगेश्वर महादेव मन्दिर क्षेत्र सरसफाई र बृक्षारोपण

610 पटक पढिएको

सम्पादक: Dhadingnews.com

galchhi1गल्छि,२४ जेठ – धादिङन्युज)÷ ऐतिहासिक व्यापारिक केन्द्र गल्छि नजिकै रहेको छाङ्गगेश्वर महादेव मन्दिर परिसरमा शुक्रवार बृक्षारोपण गरिएको छ । बैरेनी  गाविसको गल्छी र  गोगनपानी  महिलाहरु मिलि स्थापना गरिएको श्री छाङ्गगेश्वर महादेव उज्वल महिला समुहले मन्दिर क्षेत्र सरसफाई गरि खालि जग्गामा वृक्षारोपण गरेका हुन ।
छाङ्गगेश्वर महादेव मन्दिर क्षेत्र केही बर्ष यता धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास हुन थालेको छ । त्रिशूली नदीको किनारमा रहेको र एकान्त स्थान भएका कारण छाङ्गगेश्वर महादेव मन्दिर क्षेत्रमा भ्रमण गर्न आउनेहरु निकै आनन्दित हुने गर्दछन ।