राजमार्गका होटलमा खाना पाक्नै छाड्यो ,होटलवाला देखी यात्रु समेत समस्यामा

577 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rajmargaधादिङ–भारतको अघोषित नाकाबन्दीका कारण इन्धन भित्रन सकेको छैन । काठमाण्डौ रहेका मानिस यसपाली गाडी नपाइने हो की भन्ने चिन्ताले चाँडै नै दशैँ मनाऊनका लागि गृह जिल्ला जान थालेका छन् । थोरै थाडी चलेकाले खचाखच यात्रु लिएर गन्तव्यतर्फ जान हिँडेका गाडी राजमार्गमा खाना खान नौबीसे, धार्के लगायतका बजारमा रोकिन्छन् । तर ग्याँस अभावले गर्दा होटल सञ्चालकले खाना खुवाऊन सक्ने अवश्थामा छैनन् । धेरैले खाना खुवाऊन छाडेर होटल बन्द गरेका छन् । कोही होटलले भने दाऊरा खाजेर भने पनि यात्रुलाई खाना खुवाऊन थालेका छन् । राजमार्ग क्षेत्रमा लामो समय सम्म ग्याँस नपाएपछि नियमित खाना खुवाऊने यात्रु, होटलहरु बन्द हुने अवश्थामा पुगेपछि उनिहरु दाउरा खोजेर खाना बनाऊन थालेको होटल व्यवसायीले जनाएका छन् । राजमार्गका होटलहरुमा खाना खुवाऊन दाउराको प्रयोग गरेर खाना पकाईरहेको देखिन्छ । लामो समय देखी ग्यास आपुर्ती बन्द भएपछि राजमार्ग क्षेत्रका ग्यास डिपोले ग्यास बिक्रि गर्न सकेका छैनन् । होटलमा खाजा र खाना खान पुग्ने यात्रु खाना छैन भनेपछि चाऊचाउ, जुस लगायत सामान्य हलुका चिज खाएर फर्कने गरेका छन् । राजमार्गमा यात्रुका लागि लक्षित गरेर संचालन गरिएका होटलहरु ग्यास नभएपछि खानाका परिकार घटाऊन थालेका छन् । एक सय हाराहारीमा रहेका यात्रु होटलहरु मध्ये आधाले पसल नै बन्द गरिसकेका छन् भने आधाले दाऊरा खाजेर खाना बनाईरहेको देख्न सकिन्छ ।