सामुदायिक विद्यालय व्यावस्थापन समिति महासंघ जिल्ला शाखाको अध्यक्षमा गोकर्ण रुपाखेती चयन

386 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–असोज, समाजसेवी तथा जनजागृती उच्च माध्यमिक विद्यालय व्यवास्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेती सामुदायिक विद्यालय व्यावस्थापन समिति महासंघ जिल्ला शाखाको अध्यक्षमा चयन हुनुभएको छ । समितिको सोमबार धादिङबेसीमा सम्पन्न भएको भेलाले रुपाखेतीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तर्दथ समितिको गठन गरेको हो । । समितिको उपाध्यक्षमा वाल मन्दिर माविका लक्ष्मी श्रेष्ठ, सचिवमा भानुभक्त मावि पिडाका अर्जुन भुजेल, कोषाध्यक्षमा सरस्वती उच्च मावि धुवाकोटका नेत्र प्रसाद नेपाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बागेश्वरी उच्च मा।वि बेनिघाटका टिका थपलिया, सल्यानटार उ।मा।वि सल्यानटारका छविलाल श्रेष्ठ, हरिहर भोजकुमारी मा।वि केवलपूरका शिवहरी वास्कोटा र ल्याक्चेकुण्ड नि।मा।वि दार्खाका बुद्धिमान तामाङ, किरान्चोक कार्की डाँडा उ।मा।विका दिल वहादुर रम्तेल, निलकण्ठ उच्च मा।वि, निलकण्ठका होमनाथ रिजाल, रहनुभएको छ । जनकल्याण उच्च मा।वि विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री रामशरण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामुदायिक विद्यालय संस्थागत सुदृढिकरण र सुशासन कायम सम्बन्धी अन्र्तक्रिया समेत गरिएको थियो ।