दशैंमा बढी खर्च गर्ने कि जोगाएर अाइपिअो भर्ने ? कात्तिक १२ गतेदेखि जलविद्युत कम्पनीको १ अर्ब ९० करोडको साधारण सेयर –

476 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IPO-Logo२६ असोज, काठमाडौं । तपाई यो दशैंकमा फजुल खर्च गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने एउटा सुझाब छ- ‘दशैं खर्च जोखाएर र सेयरमा लगानी गर्नुहोस् ।’

नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसीएल)ले कात्तिक १२ गतेदेखि १ अर्ब ९० करोड रुपैयाँ बराबरका साधारण सेयर निष्काशन गर्ने भएको छ ।

साधारण सेयरमा गरिएको लगानीले एक/डेढ वर्षमै ५ सय प्रतिशत बढी प्रतिफल दिन्छ । त्यसैले दशैंमा फजुल खर्च घटाएर सेयरमा लगानी गर्नु बुत्तिमानी हुन्छ ।

एचआइडिसीएलले कार्तिक १२ गतेदेखि २९ गतेसम्म आबेदन खुला गर्दैछ । मागभन्दा बढी आबेदन परेमा भने कात्तिक १६ गते कार्यालय समयपछि आबेदन लिन बन्द गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नागरिक लगानी कोषलाई दिएको छ । एनएमबी क्यापिटल र एनसीएम मर्चेण्ट बैंकिंगभने सहायक बिक्री प्रबन्धक छन् । कम्पनीले सामुहिक लगानी कोषहरुका लागि यसअघि नै १० लाख कित्ता बाँडफाँट गरिसकेको छ ।

प्रतिकित्ता सय रुपैंयाका दरले न्युनतम ५० कित्ता अर्थात् ५ हजार रुपैंयादेखि अधिकतम ५० लाख कित्ता अर्थात ५० करोड रुपैंयासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । लगानी कोषका कार्यालयलगायत २० वटा कम्पनीका कार्यालयहरुमा आबेदन फारम लिएर आइपिओ भर्न सकिनेछ ।

यो कम्पनीको सेयर जलविद्युत क्षेत्रको हालसम्मकै ठूलो हो । इक्रा नेपालले जलविद्युत यो कम्पनीको शेयरलाई ग्रेड ३ रेटिंग दिएको छ । नियामक धितोपत्र बोर्डले भदौ २८ गते कम्पनीलाई साधारण शेयर निष्काशनको अनुमती दिएको थियो ।

जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्यले २०६८ साउनमा स्थापना भएको कम्पनीको अधिकृत पुँजी ५० अर्ब, चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले कुल पुँजीको २५ प्रतिशत सर्वसाधारणमा सेयर जारी गरि उठाउन लागेको हो । कम्पनीले २० देखि ८२ मेगावाटसम्मका गरी २ सय ७१ मेगावाट बराबरका विभिन्न ८ वटा जलविद्युत आयोजनाहरुमा ४३ अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।