भूकम्पपीडित विद्यार्थीलाई छ करोडको छात्रवृत्तिको घोषणा

658 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, -मलेसियास्थित हेल्प युनिभर्सिटीले नेपालका भूकम्पपीडित विद्यार्थीहरुलाई १ लाख मिलियन डलर सहयोग गर्ने भएको छ । सोमबार करिब साँढे १० करोड बराबरको सहयोगमध्ये साँढे छ करोड बराबरको छात्रवृत्ति घोषणा गर्दै हेल्प युनिभर्सिटी मलेसियाका उपप्रमुख डाक्टर हेनरी लिनले उक्त कार्यक्रमले नेपालका भूकम्पबाट आहत विद्यार्थीलाई राहत पुग्ने विश्वास व्यक्त गरे ।
help university and lions club of international 325 b1 MOU about Schoolership1लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ नेपालको समन्वय तथा लायन्स क्लब अफ काठमाडौं गौरब र स्कलर्स च्वाई प्रालिको आयोजनामा काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त छात्रवृत्ति योजनाको घोषणा गरिएको हो ।
भूकम्पबाट प्रभावित गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि स्नातक र स्नातकोत्तरसम्म अध्ययनका लागि मलेसियास्थित हेल्प युनिभर्सिटीले यो कार्यक्रम अन्तर्गत पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गर्नेछ । उक्त युनिभर्सिटीमा उपलब्ध जुनसुकै फ्याकल्टी र विषयमा छात्रवृत्तिका लागि छनौट विद्यार्थीले अध्ययन गर्न पाउनेछन् ।
लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ अन्तर्गत गठित छात्रवृत्ति छनौट कमिटीले विद्यार्थीहरुको निवेदनहरु अध्ययन गरेर विद्यार्थी छनौट गरिने स्कलर्स च्वाईस प्रालिका प्रमुख बासुदेव रिजालले जानकारी दिए । पूर्ण छात्रवृत्तितर्फ १० र आंशिकतर्फ २० जना विद्यार्थीहरु यो कार्यक्रमबाट लाभान्वित हुने युनिभर्सिटीका उपप्रमुख हेनरी लिनले जानकारी दिए ।
कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव बौद्धनाथ निरौलाले छात्रवृत्तिको सदुपयोग गर्दै दक्ष जनशक्ति उत्पादन गरेर उनीहरुलाई नेपाल फर्काउनुपर्ने धारणा राखे । वौद्धिक पलायनको समस्या रोक्न ध्यान दिँदै दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सके मात्रै देश बनाउन सकिने उनले बताए ।
छात्रवृत्ति कार्यक्रमको द्विपक्षीय समझदारी पत्रमा आजै हेल्प युनिभर्सिटीका उपप्रमुख हेनरी लिन, लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बि–१का प्रथम उपाध्यक्ष बालकृष्ण बुर्लाकोटी र हेल्प युनिभर्सिटीका स्थानीय प्रतिनिध स्कलर्स च्वाईस प्रालिका प्रमुख बासुदेव अर्यालले हस्ताक्षर गरे ।
लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का डेपुटी गभर्नर बालकृष्ण बुर्लाकोटीले भूकम्पले प्रताडित बनाएको बेला महत्वपूर्ण सहयोग गरेकोमा हेल्प युनिभर्सिटीलाई डिस्ट्रिकको तर्फबाट धन्यवाद दिँदै छात्रवृत्ति छनौट निष्पक्ष ढंगले गर्दै भूकम्पपीडित विद्यार्थीलाई सघाउने प्रतिबद्धता व्यक्त गरे ।
छात्रवृत्ति कार्यक्रममा अन्तर्गत व्यवस्थापन संकाय, सूचना प्रविधि, हस्पिटालिटी म्यानेजमेन्ट, टुरिज्म म्यानेजमेन्ट, साइकलोजी र मास्टर इन बिजीसेन एड्मिनिस्ट्रेसन लयातका विषयमा शैक्षिक वर्ष २०१५ र २०१६ भरी लागू लायन्स क्लब अफ काठमाडौं गौरबका अध्यक्ष बासुदेव रिजालले जानकारी दिए ।