पोस्टमार्टम गर्नै लाग्दा ब्युँतियो लास

636 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी मुम्बईको सायन क्षेत्रको अस्पतालमा अनौठो घटना भएको छ । चिकित्सकहरुले मृत घोषित गरिएको व्यक्ति पोस्टमार्टम गर्नु केही समयअघि उठेपछि चिकित्सक र अन्य कर्मचारी अचम्मित भएका छन् ।

५० वर्षीय यी सुकुम्बासीलाई एक वरिष्ठ चिकित्सकले मृत घोषित गरेर तुरुन्तै मोर्टुअरीमा लगिएको थियो, जुन अस्पताल नियमविपरीत हो ।
मरिसकेका भनिएको विरामीलाई पनि दुई घण्टासम्म वार्डमा राख्नुपर्ने चिकित्सा नियम छ । प्रकाश नामका यी मानिसमा स्वास प्रस्वाससम्वन्धि रोग रहेको र प्रहरीले ल्याउँदा अवस्था नाजुक भइसकेको बताइएको छ । उनलाई बस विसौनीमा अचेत अवस्थामा फेला पारिएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।