सहारा नेपाल सहकारीद्वारा रु १ अर्ब २५ करोड बचत संकलन

634 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भद्रपुर,- स्थापना भएको एक दशकमै सहारा नेपाल बचत तथा क्रृण सहकारी संस्था विर्तामोडले धेरै प्रगति हासिल गरेको छ ।

new-note-445x293झापाको चारपाने क्षेत्रका ३३ जनाले रु ३४ हजार लगानी गरी २०५२ सालमा स्थापना गरेको यो संस्थामा अहिले ८६ हजार सेयर सदस्य पुगिसकेका छन् भने २५० जना कर्मचारी छन् ।

हाल यस संस्थामा रु २२ करोड सेयर पुँजी र बचत रु एक अर्ब २५ करोड रहेको छ ।

यो संस्थाले पूर्वाञ्चलका सुनसरी, मोरङ, झापालगायत छवटा जिल्लामा आफ्नो कारोबार सुरु गरेको छ ।

आगामी दिनमा १ नम्बर प्रदेशमा पर्ने सबै जिल्लामा आफ्नो कारोबार बढाउने लक्ष्यसाथ अघि बढिरहेको यो संस्थाले आर्थिक कारोबारको अतिरिक्त सेवामूलक कार्य पनि गरिरहेको छ ।

निःशुल्क स्वास्थ्य सेवा, वृद्धवृद्धालाई सम्मान गर्ने तथा उनीहरूलाई समाजमा स्थापित गराउने उद्देश्यले वृद्ध चौतारी निर्माण गर्ने, सहकारी गाउँ निर्माण गर्ने, कृषि र शिक्षामा लगानी गर्ने सङ्कल्प रहेको संस्थाका प्रबन्धक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

अहिले संस्थाको आर्थिक विकास सँगसँगै सेयर सदस्यमा मोबाइल, मोटरसाइकल र मनि (पैसा) को व्यवस्था गरिसकेकाले यसमा काम गर्ने र आबद्ध रहने सदस्यको विश्वासबाट यो संस्थामा आगामी दिनमा तीनलाख सेयर सदस्य पु¥याउने र सेयर पुँजी रु दुई अर्ब ५० करोड र बचत रु ५० अर्ब पु¥याउने योजनाका साथ अघि बढिरहेको प्रबन्धक गिरीले जानकारी दिनुभयो ।

कर्मचारीबीच समझदारी र उत्साह बढाउने तथा उनीहरूको दक्षता र सीपको विकासबाट नै सहकारीलाई अगाडि बढाउने सोचका साथ आफ्ना आर्थिक क्रियाकलाप बढाउँदै लैजाने संस्थाको उद्देश्य रहेको प्रबन्धक गिरीले बताउनुभयो ।