दुइ तलामाथि बाट हामफाल्दा मानवहादुरको मृत्यु , मिना र रामवहादुर पनि मृत अवस्थामा भेटिए

600 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, – त्रिवि शिक्षण अस्पताल महाराजगन्जको दुई तलामाथिबाट हाम फालेर घाइते भएका काठमाडौँ बौद्ध महाँकाल डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसङ्खु–७ का ३२ वर्षीय मानबहादुर तामाङको सोही अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको छ ।

तामाङलाई काठमाडौँ महानगरपालिका–६ बौद्ध महाँकालकी चिनिमायाँ गुरुङले बिरामी कुर्न शुक्रबार ज्याला दिएर अस्पताल पठाएको बुझिएको छ । तामाङले के कारणले आत्महत्या गरे भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा फेला

महालक्ष्मी नगरपालिका–९ टिकाथली डेरा गरी बस्ने रामेछापकी ३५ वर्षीया मिना तामाङ शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

भीरबाट खसेर मृत्यु

हेटौँडा उपमहानगरपालिका–१९ तिनतले बस्ने ४० वर्षीय रामबहादुर थिङ स्थानीय शक्तिखोलास्थित तीनतले भिरबाट लड्दा शनिबार मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।