फरार अभियुक्त एक बहादुर तामाङ्ग मिलन पक्राउ

877 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

yek-tamang-270x450
धादिङ,९ कात्तिक ः हातहतियार तथा खरखजना मुद्दा लागेपछि फरार रहँदै आएका एक युवकलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।
धादिङको सत्यदेवी गाँउ विकास समितिको वडा नं.८ रापचोक बस्ने २८ वर्षका मिलन भन्ने एक बहादुर तामाङ्गलाई धादिङवेशी बजारमा लुकी छिपी गरी बसेको अवस्थामा फेला पारी शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार तामाङ असार ४ गतेदेखि फरार रहेका थिए ।
तामाङसँगै धादिङको दार्खा गाविस वडा नम्बर ९ घर भई हाल नीलकण्ठ नगरपालिका वडा नंम्बर ३ पहरे चौतारा बस्ने वर्ष ३० को हाप्पा भन्ने सुर्यबहादुर गुरुङ्गलाई पनि प्रहरीले पक्राउ गरेको छ । फरार अभियुक्त संगै हिडडुल गरिरहेकोे अवस्थामा गुरुङलाई पनि सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक साता अघि धादिङबाट 20151025_084954पक्राउ परेका गुण्डा नाईके राधेको समुहबाट गुण्डागर्दीमा देखापरेका हाप्पा पछिल्लो समय राधे समुहबाट अलग भएर दिनेश अधिकारी चरी निकट भएका थिए । राधे समुह छाडेपछि हाप्पा र राधे समुहका बिच पटक पटक झडप हुंदै आईरहेको थियो ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि आईतबार महानगरीय अपराध महाशाखा काठमाण्डौ पठाईएको धादिङका प्रहरी नायव उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।