सुमधुर संगीतले गुञ्जियो एडीलेड

738 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

प्रदिप निरौला |साउथ अस्ट्रेलिया |
नेपालमा गएको विनाशकारी भुकम्प बाट जोखिममा परेकाहरुको सहयोगको लागि देश- विदेशमा बिभन्न कार्यक्रमहरु भैरहेका बेला शनिबार साउथ अस्ट्रेलियाको एडीलेडमा एक सांगीतिक कार्यक्रमको आयोजना गरियो । पुण्य फाउन्डेसनले आयोजना गरेको ” सांगीतिक साझ २०१५” मा गायक दिप श्रेष्ठ , गायक तथा गीतारिस्ट  अनिल शाहीसंगै स्थानिय गायिका प्रजिता गेलाल , सदा श्रेष्ठ , गायक टेकेन दाहाल लगायतले  पनि आफ्नो प्रस्तुति दिए ।
12312395_10207817340732325_1269662395_n स्वर सम्राट नारायाण गोपालको २५ औ स्मृति दिवसको अवसर पारी कार्यक्रमको आयोजना गरिएको हो। एडीलेडको डोम पल्सकी सेन्टरमा स्थानिय समय अनुसार  साझ सात बजे अनिल शाही गितार बजाउदै स्टेजमा प्रवेश गरे पछि दर्शकहरुको हुटिंगले हल गुञ्जियो । झन्डै आधा दर्जन गीतमा उनले आफ्नो गालाको कला संगै   औलाले गितारको स्ट्रिंग चलाई रहदा बसन्ती केसीको फ्लेमिंगो  डान्सले  हलका दर्शक झनै हौसिए ।अनिल शाहीले  तबलाबादक सुन्दर महर्जन र बासुरी बादक बिनय महर्जनका साथ करिब एक घण्टा स्टेज काब्जागरी दर्शकलाई मन्त्रमुग्ध पारी छाडे ।
अनिलको बार्सिलोना स्प्यानिस फियुजन , प्रित बिनाको लगायतका गीतमा दर्शकले मन थाम्न नसकी सिठी र तालीको पर्रा छुटाए । अनिलको प्रस्तुति पछि   नेभी बिल्यु कलरको सुटमा ठाट्टीएका दिप श्रेष्ठ जब हात हल्लाउदै स्टेजमा देखिए अग्रभागमा रहेका दर्शक स्टेज तर्फ झुम्मिए । म पत्थरको देउता बोलको गीत बाट आफ्नो प्रस्तुति श्री गणेश: गरे भने  म त दूर देखि , हर रात ,  लगायत दर्जन गीत गाएका श्रेष्ठले करिब १ घण्टा लामो गायनका बीच अधिकांस पुरानै गीत गाए । दीपले केहि युगल गीत समेत गाउदा नव गायिका सदा श्रेष्ठले उनलाई साथ दिईन । कार्यक्रमको दौरानमा साउथ अस्ट्रेलियाका संघ सस्था गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलिया , अन्तराष्ट्रिय नेपाली कलाकार समाज र आयोजक सस्था पुण्य फाउन्डेसनले गायक तथा संगीतिकर्मीलाई सम्मान गरे ।
कार्यक्रम बाट प्राप्त हुने मुनाफा पुण्य फाउन्डेसनले नेपालमा भुकम्पले प्रभावित बालबालिकाको शिक्षाको लागि खर्च  गरिने पुण्य फाउन्डेसन अस्ट्रेलिया उपसंयोजक तथा कार्यक्रमका संयोजक तिलचन्द सापकोटाले बताए । करिब ४ घण्टा चलेको कार्यक्रम सफल रहेको भन्दै आगामी दिनमा समेत यस किसिमको कार्यक्रममा सहभागी हुन् संगीतिकर्मीहरु इच्छुक देखिए ।