झुसिल्किराले कोदो सखाप बनाएछि उत्तरी धादिङ रि का किसानहरु चिन्तित

2421 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kodo
धादिङ मंङ्सिर, २६ पाक्न लागेको कोदोको बालाहरु झुसिल्किराले रित्तो बनाउन थालेपछि रि गाउँ लगायत जिल्लाका उत्तरी भेगका किसानहरु चिन्तित भएका छन् । बर्ष दिनको मुख्य बाली कोदोमा नै बालको बीचमा बसेर कोदोका गेडा खानेकिरा पसेपछि बाहिरबाट बाला देखीने तर गेडा नहुने समस्या किसानहरुले व्यहोरेका छन् । सिंचाई व्यावस्था नभएका पुरै जिल्ला भर कोदो खेती हुन्छ । जिल्लका उत्तरी भेक रि गाउँ, झार्लाङ, तिप्लिङ, सेर्तुङ, सेम्जोङ, दार्खा लगायत गाविसहरुमा धान उत्पादन हुँदैन । पाखा जग्गामा मकै र कोदो उत्पादन गरी स्थानीयवासी बर्षदिनभर मुख्य खाद्यन्न बालीका रुपमा प्रयोग गर्छन् । हरेक बर्षझै यो मौसममा १८ देखी २० मुरी कोदो बाली घर भित्राउने रि गाउँ विकास समिति वडा नम्बर ६, लतापका नार्वु तामाङ कोदो काट्न बारीमा पस्दा निराश भएर फर्किए ।हरेक कोदोको बालीमा झुसिल्किरा बास बसेर गेडा खाने रहेछ, देख्दा ठुलैबाला भएपनि गेडा फेला परेनन् । यसपाली कोदोको नल गाईभैसीलाई आहार मात्र हुन भयो तामाङ बताउनु हुन्छ । कोदो उत्पादन घटेसगैँ किसानहरु चिन्तित बनेका छन् ।