गैरीपुर्सुमा एकदिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर

740 पटक पढिएको

सम्पादक: Dhadingnews.com

ढोला,२५ जेठ – धादिङ न्युज) । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा  ढोला ५ गैरीपुर्सुमा एकदिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ ।
प्रत्येक आर्थिक वर्षमा एउटा गा वि स मा शिविर राख्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको योजनाअनुसार यो वर्ष ढोलामा राखिएको स्वास्थ्य शिविरमा १ सय ८० जना पुरुष र ३सय ६ जना महिला गरि ४ सय ८६ जनाले निशुल्ल स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा वाथरोग ग्याष्टिक छालासम्वन्धी रोग दम पिनास जस्तारोगहरुको परीक्षण गरिएको थियो भने निशुल्क औषधि वितरण पनि गरिएको थियो ।
शिविरमा आयुर्वेद विभागका चिकित्सक डा.मुनकर्ण थापा, नरदेवी आयुर्वेद चिकित्सालयका चिकित्सक डा. नारायण श्रेष्ठ र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक डा अनु शाक्यले विरामीहरुको स्वास्थ्य परीक्षण गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद सहायक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।