तेलको मूल्य ७ वर्षयताकै सबैभन्दा कम

502 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ मंङ्सिर, २७ विश्व बजारमा तेलको मूल्य सात वर्षयताकै सबै भन्दा कम भएको छ । अन्तराष्ट्रिय उर्जा एजेन्सीले तेलको माग कम हुने अनुमान गरेसँगै मूल्य घटेको हो । विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल ३९ डलर अथार्त झण्डै १२ सय ७२ नेपाली रुपैयाँमा झरेको छ ।

यो सात वर्ष यताकै सबैभन्दा कम हो । विशेषज्ञले विश्व बजारमा तेलको मूल्य अझै घट्ने अनुमान गरेका छन् । उनीहरुका अनुसार तलेको मूल्य प्रति ब्यारेल २० डलरसम्म झर्न सक्नेछ । दुई वर्ष अघि सन् २०१३ मा तेलको मूल्य उच्चस्तरमा पुगेको थियो । त्यसबेल तेलको मूल्य प्रति ब्यारेल एक सय ३० डलरसम्म पुगेको थियो । शुक्रबार तेलको मूल्य ३९ डलर प्रति ब्यारेल थियो । जुन सन् २००८ को डिसेम्बरपछिको सबै भन्दा कम मूल्य हो । अहिले तेलको माग दैनिक १३ लाख ब्यारेल रहेको अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले जनाएको छ । तेलको माग तीन महिना अघि दैनिक २२ लाख ब्यारेल थियो । गएको एक हप्तामा तेलको मूल्यमा १० प्रतिशतले गिरावट आएको छ । गएको हप्ता भिएनामा तेल उत्पादक देश ओपेकको बैठकपछि तेलको मूल्य घट्न सुरु भएको हो । त्यो बैठक बिना निष्कर्ष सकिएको थियो ।

ओपेक अन्तर्गतका देशले विश्वमा तेल उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्ने गरेका छन् । इरानले तेलको उत्पादनमा वद्धी गरेमा मूल्य अझै घट्ने विशेषज्ञले बताएका छन् ।