प्रहरीको कुटाईबाट चेपाङको हात भाँचियो

499 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

mangal dhoj Chepang police biting Photo 072.8.29धादिङ -हिरासतमा राखिएका व्यक्तिलाई प्रहरीले निर्घात कुटपिट गरेर हांत भांचिदिएको छ । दक्षिणी धादिङको पिडा गाविस–९ गैरीगाउँका ४२ वर्षीय मंगलध्वज चेपाङको हात प्रहरीले कुटपिट गर्दा भाँचिएको हो ।

गाउँमा भएको झगडाका बिषयमा सोधपुछका लागि मंसिर   गते चेपाङलाई प्रहरीले गिरफ्तार गरेको थियो । गाउंबाट नियन्त्रणमा लिएपछि पटक पटक प्रहरीको कुटाई खाएका चेपाङलाई इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले पिडा गाविस–४ लिस्नेफेदीमा पुर्याएपछि रुखमा बाँधेर कुटपिट गरेको स्थानीयले वताए । प्रहरीको निर्घात कुटाईले गर्दा चेपाङको हात भाँचिएको पिडा गाविसका पूर्व अध्यक्ष प्रमोद रुपाखेतीले जानकारी दिनुभयो ।

मंगलध्वजलाई प्रहरीले पिडा गाविस–४ स्थित मेलामा काम गर्दै गरेको स्थानबाट गिरफ्तारपछि एउटा मोटरसाइकलमा कार्यालयतर्फ ल्याउँदै गर्दा रुखमा बाँधेर कुटपिट गरेकोले हात भाँचिएको उनको भनाइ छ । प्रहरीले गिरफ्तार पछि मंगलध्वजलाई इलाका प्रहरी कार्यालय गजुरीमा पुर्याएर रातभरी राखेर मंसिर २९ गते कागज गराइ छाडिएको थियो ।

प्रहरी कार्यालयबाट उपचारका लागि रुपाखेती सहितको गाउँबासीको टोलीले गजुरी स्थित गजुरी अस्पतालमा लगेको र एक्सरे गर्दा हात भाँचिएकोले ल्पास्टर गरि उपचार गरिएको छ । पीडितको खुट्टामा निलडाम, अनुहारमा निलडाम रहेको छ । हाल पीडित उपचारगराइरहेका छन् ।

घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरिक्षक डासु गिरी संग धादिङ न्यूजले पटक पटक कार्यालयमा फोन म्पर्क गरेपनि भेट हुन सकेन । आउन चाहेनन । रिले घटनाको सम्बन्धमा धोधखोज गर्न लाग्दा बैठकमा भएको भन्दै जानकारी दिन मानेनन् ।