गजुरीमा सम्पन्न भएको माटो परिक्षण शिविरमा १ सय ७० घरधुरी लाभान्वित

373 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ  – कृषि उत्पादनशील बारीमा माटोमा अम्लीयपना बढेकाले उत्पादनमा समेत ह्रास आएको पाइएको छ । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला हेटौँडाको सहयोगमा शान्ति नेपाल र कृषि सेवा केन्द्र गजुरीको आयोजनामा गजुरीमा भएको एक दिने माटो परीक्षण शिविरमा १७० घरधुरीको माटो परीक्षण गरिएको थियो । माटो परीक्षण गर्दा माटो क्षरीय नभएको, ६८ घरधुरी कृषकको माटोमा अम्लीय रहेको पाइएको क्षेत्रीय माटो परीक्षण प्रयोगशाला हेटौँडाका प्राविधिक अमरनाथ आचार्यले जानकारी दिनुभयो ।
सैगरी माटो परीक्षण गर्दा बोटबिरुवाका लागि आवश्यक पर्ने नाइट्रोजन, फोसफोरस र पोटास सात घरधुरी कृषकको मात्र पर्याप्त रहेको र १६३ घरधुरीको माटोमा न्यून रहेको पाइएको छ । शिविरमा जोगिमारा, धुषा, वेनिघाट, महादेवस्थान, गजुरी, पिडा र नलाङ गाविसका कृषकले माटो परीक्षण गराएका थिए । अति गरिब चेपाङ समुदायको माटोको परीक्षण गरी माटोमा रहेको पौष्टिक तत्वको अवस्थाका विषयमा जानकारी लिई उपयुक्त बाली लगाउनका लागि सहयोग पु¥याउने उद्देश्यले  शिविरको आयोजना गरिएको कृषि सेवा केन्द्र गजुरीका प्रमुख वेदप्रसाद रेग्मीले बताउनुभयो । रासस