सेर्तुङका १२ सयलाई कम्बल वितरण, एक विद्यार्थीलाई आजीवन पढाउने

671 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

program

धादिङ, ४ पुस – गैरआवासीय नेपाली संघका आइसीसी सदस्य राजेन्द्र कुमार शर्मा (आर.के) तथा पिजन इञ्जिनियरिङ कतारले धादिङ जिल्लाको विकट गाविस सेर्तुङका सम्पूर्ण परिवारलाई जाडोका लागि न्यानो १२ सय कम्बल वितरण गरेका छन् ।

program03-650x433गत बैशाखको महाभूकम्पमा परी पीडित बनेका सेर्तुङबासीलाई शर्माले बिहीबार गाउँमा नै पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।

यातायातको सुविधाबाट टाढा रहेको सेर्तुङबासीलाई हेलिकप्टरबाट कम्बल ढुवानी गरी वितरण गरिएको हो । कम्बल वितरणका लागि शर्मासँगै एनआरएन उत्तर अमेरिकाका संयोजक सोनाम लामा, बेष्ट रेमिट नेपालका प्रबन्ध निर्देशक श्याम तामाङ, टानका प्रथम उपाध्यक्ष तथा स्थानिय तेज गुरुङ उक्त गाविसमा पुगेका थिए ।

with student01

हिमाली भेगमा पर्ने सेर्तुङका अधिकांश परिवार अझ पनि पालमा नै बसिरहेकाले उनीहरुलाई केहि न्यानो बाँड्न र विपतमा पनि हाम्रो साथ छ भन्नका लागि सबै परिवारलाई कम्बल वितरण गरिएको शर्माले सो अवसरमा बताए । भूकम्पले काँपेको मन फेरि जाडोले नकाँपोस् भनेर न्यानो बाँड्न आएको बताउँदै शर्माले भने–‘ विकट गाउँमा आएर सहयोग गर्दै दुःख साट्न पाउँदा गौरव लागेको छ ।’

program02

सेर्तुङमा भएको सो सहयोग वितरण कार्यक्रममा गाविसका ९ वडाकै बासिन्दाहरुको उपस्थिति रहेको थियो । अहिलेसम्म गाउँमा प्रयाप्त सहयोग आउन नसकेकोमा एकै पटक १२ सय कम्बल ल्याएर सम्पुर्ण परिवारलाई वितरण गरेकोमा स्थानीयहरुले शर्मालाई धन्यवाद दिए । सहयोग वितरण कार्यक्रमका संयोजक समेत रहेका टानका उपाध्यक्ष गुरुङले गाबिसमा अब पुर्ननिमार्णमा पनि यसैगरी सहयोग गर्न आग्रह गरे ।

यसैबीच सोही गाविसको च्याम्रादेवी माविमा अध्ययनरत अपाङ विद्यार्थी सुरेश तामाङको आजीवन शैक्षिक खर्च प्रदान गर्ने शर्माले प्रतिबद्धता ब्यक्त गरेका छन् । पढाईमा तिक्ष्ण तामाङ कक्षा ४ मा अध्ययनरत छन् । शर्माले तामाङलाई तत्कालका लागि केही नगदसमेत सहयोग गरे । विद्यालयमै पुगेका शर्माले सम्पूर्ण बिद्यार्थीलाई खाजा वितरण गर्दै लगनशिल भई पढ्न अनुरोध गरे ।

program03