स्पेनकी लालागुना बनिन् मिस वर्ल्ड

731 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

missWorldSpain-2_3531119bपुस ५ – स्पेनकी सुन्दरी मिरिया लालागुना रोयो मिस वर्ल्ड २०१५ घोषित भएकी छन् । चीनको दक्षिणी शहर सान्यामा भएको प्रतियोगितामा एक सय १३ देशका प्रतिस्पर्धीलाई पछि पारेर स्पेनकी रोयो विश्व सुन्दरी बन्न सफल भएकी हुन् । रुसकी सोफिया निकिचुक उपविजेता तथा इन्डोनेसियाकी मारिया हारफान्ती तेस्रो भइन् । सान्यामा भएको मिस वर्ल्डको फाइनल विश्वभरका झण्डै एक अर्ब मानिसले टेलिभिजनमार्फत हेरेको आयोजकले जनाएको छ । गएको वर्षकी मिस वर्ल्ड दक्षिण अफ्रिकाकी रोलेने स्ट्राउसले रोयोलाई मिस वर्ल्डको ताज लगाइदिएकी थिइन् । पहिलो मिस वर्ल्ड प्रतियोगिता ६४ वर्ष पहिले बेलायतको लण्डनमा भएको थियो । स्वीडेनकी किकी हाकोन्सनले पहिलो मिस वर्ल्डको उपाधि जितेकी थिइन् । मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागीता जनाएकी मिस नेपाल २०१५ इभाना मानन्धरले कुनै पनि महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सकिनन् । व्युटि विद पर्पस विधामा उत्कृष्टमा १० मा पर्नुनै उनको उपलब्धी रह्यो । व्युटी विद पर्पसको उपाधि इन्डोनेसियाकी मारिया हारफान्तीले जितिन् ।