साफ च्याम्पियनसिप फुटबलमा नेपाल श्रीलंकासँग १-० ले पराजित

757 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ पुस ९- ११ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल श्रीलंकासँग १–० ले पराजित भएको छ । भारत केरलाको त्रिवेन्द्रम रंगशालमा भएको समुह ए को पहिलो खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपालले हार व्यहोरेको हो ।

खेलको सुरुवात देखिनै श्रीलंकामाथि हावी भएपनि नेपालले गोल भने गर्न सकेन । यस अघिका खेलमा जस्तै नेपालका स्टाइकर चुक्दा फिफा बरियतामा दक्षिण एसियाकै कमजोर टोली श्रीलंकाले नेपाललाई पाखा लगाएको हो ।

हारसँगै समुह एमा रहेको नेपालको सेमिफाइनल पुग्नेसम्भावना कम भएको छ । समुह चरणको अर्को खेलमा नेपालले आउँदो आइतबार भारतसँग खेल्नेछ । भारतसँगको खेलमा जित निकालेको तथा श्रीलंका भारतसँग पराजित भएको अवस्थामा मात्रै नेपाल सेमिफाइनलमा पुग्नेछ ।

दक्षिण एसियाका ८ मध्ये सात देश सहभागी रहेको प्रतियोगितामा नेपाल समुह ए मा छ । समुह एमा रहेको पाकिस्तानले प्रतियोगितामा भाग लिएको छैन । समुह बी मा बंगलादेश, डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, भुटान र माल्दिभ्स छन् ।