आठ करोडको कारोबार गर्दै सकियो मलेखुको माछा महोत्सव
1015 पटक पढिएको
मलेखु, धादिङ । धादिङको बेनिघाट १ मलेखुमा सञ्चालित राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवमा ८ करोड रुपैँया बराबारको कारोबार भएको छ । गत पौष ९ गते देखी १९ गते आईतबार सम्म सञ्चालित मेलामा ८ करोड रुपैँया बराबरको कारोबार भएको महोत्सवका सँयोजक अजय त्रिपाठीले बताउनुभयो ।
घरेलु उद्योग कृषी जलश्रोत, पर्यटन प्रर्वद्धन, आर्थिक सम्वृदी हाम्रो अभियान भन्ने नारा सहित नेपाल राष्ट्रिय वाणीज्य सँघ जिल्ला कार्य समिती धादिङको आयोजनामा भएको महोत्सवमा १ लाख ८० हजार दर्शकले मेलाको अवलोकन गरको सँघका महासचिव शालिकराम दुवाडीले बताउनु भयो । महोत्सवमा कृषी, प्रविधी, पुरातात्वीक लगायतका १ सय ६० वटा स्टलहरु रहेका थिए ।
यसैविच मलेखु रिचोकटारमा आयोजित राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवको आईतबार समापन गरिएको छ । नेपाल राष्ट्रिय वाणीज्य सँघ जिल्ला कार्य समिती धादिङका अध्यक्ष लोकनाथ डल्लाकोटीको सभापतित्वमा समापन भएको कार्यक्रममा सँस्कृती, उड्ययन तथा पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलको प्रम्ख आतित्थ्यता रहेको थियो । कार्यक्रममा मन्त्री पोखरेलले अबको ७ वर्ष भित्रमा बुढिगण्डकी आयोजना बनि सक्ने र धादिङको पर्यटन प्रर्वद्धनमा यसले थप सघाउ पु¥याउने बताउनु भयो ।
यसैगरी समापन कार्यक्रमका विशेष अतिथी तथा पुर्व स्थानिय विकास अधिकारी एवम् धादिङ क्षेत्र नम्बर ३ का साँसद राजेन्द्र प्रसाद पाण्डेले धादिङको कला, सँस्कृती र पर्यटनलाई विकास गर्न महोत्सवले थप सहयोग गरेको बताउनु भयो ।
यसैगरी समापन कार्यक्रममा धादिङका एमाले जिल्ला अध्यक्ष भुमी त्रिपाठीले कार्यक्रम सफल भएकोमा आयोजक लाई धन्यवाद दिनुभयो । यस्तै धादिङका स्थानिय विकास अधिकारी भगवान् अर्यालले जिल्लाको आवश्यकतालाई हेरेर विकासका लागि सबै लागि पर्नु पर्ने र त्यो सफल पनि हुने बताउनुभयो । यस्तै धादिङका एमाओवादी जिल्ला अध्यक्ष राम बहादुर भण्डारीले कार्यक्रम एउटा पार्टीको भातृ सँगठनले मात्र गरेकोमा असन्तुष्ट व्यक्त गर्दै सबै दल मिलेर गरेको भए अझ सफल हुने बताउनु भयो ।
यस्तै समापन कार्यक्रममा शुभकामना व्यक्त गर्नु हुँदै नेपाल पत्रकार महासँघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुल्लीले धादिङको पर्यटन प्रर्वद्धनमा महोत्सवले टेवा पु¥याएको बताउनुभयो । समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकास सुबेदी, राजनैतिक दलका प्रतिनिधी, सँघ सँस्थाका प्रतिनिधी, पत्रकार लगायतको आतित्थ्यता रहेको थियो । समापन कार्यक्रममा कलाकारहरु सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमीरे सुन्तली, जोगिन्दर, राजु परियार लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन गराएका थिए । यस अघि कार्यक्रम पार्टि निकट भएको, धादिङकै कलाकारलाई वेवास्ता गरेको, कार्यक्रम स्थलको छनौट सहि नभएको टिकाटिप्पणी हुँदै आएको थियो पव्लिक न्यूज डट कमले खबर लेखेको छ । ।