धादिङका होटलमा दैनिक सयाैँ ग्राहक ठगिन्छन्

659 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कर्मचारी अभावले अनुगमन गर्न सकिएको छैनः प्रजिअ

 धादिङ, पुस २० -पृथ्वी राजमार्गको धादिङमा खुलेका होटलबाट दैनिक सयाैँ ग्राहकहरु ठगिने  गरेका छन्। नियामक निकायको अनुगमनको अभावमा दैनिक सयौँ ग्राहकहरु यि होटलहरुबाट ठगिने गरेका छन्।
लामो दुरीमा चल्ने सवारी साधनहरुले यो क्षेत्रमा चिया, नास्ता र खाजाको लागि रोक्ने गर्छन्। तर जिल्ला होटल संघ धादिङले यस्ता होटलमा उच्च मूल्य कायम गरी मूल्यसूची टाँगेको छ जसले गर्दा दैनिकरुपमा ग्राहकहरु ठगिन बाध्य भएका छन्।
यस्ता क्षेत्रमा दैनिकरुपमा ग्राहकहरु ठगिने गरेपनि सवारी चालकले भने यस्ता होटलमा सवारी रोकेबापत केही रकम समेत पाउने गरेका छन्। एक सहचालकले भने ‘यात्रु धेरै भएको दिनमा पैसा पनि दिन्छन् भने यात्रु थोरै भएको दिनमा खाजा मात्रै  फ्रि हुन्छ। ’यो राजमार्गमा रहेका यस्ता होटल वरिपरि बिरलै मात्रै अन्य होटल खोलिएका हुन्छन्।  जसले गर्दा बिकल्पको अभावमा एउटै होटलमा ठगिएर भएपनि यात्रुहरु खाजा खान बाध्य भएका छन् ।
धादिङको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुबेदी भने कर्मचारी अभावको कारण यस्ता होटलको अनुगमनमा जान नसकेको बताउँछन्। उनले भने ‘दैनिक ग्राहक ठगिने गरेको थाहा हुँदाहुँदै पनि कर्मचारीको अभावमा उक्त क्षेत्रमा अनुगमन गरी त्यस्ता व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन सकिएको छैन। ’
धादिङ जिल्ला प्रशासन कार्यालयमा आफु मातहतमा १५ जना मात्रै कर्मचारी रहेको उनले जानकारी दिए। केही समय भित्रैमा अनुगमन गरी यस्ता व्यवसायीलाई कारवाहीको दायरामा ल्याउने उनले Dhading-ka-hotel1प्रतिबद्धता समेत ब्यक्त गरे।
गत शुक्रबार अर्घाखाँची घर जान लागेका सुरेन्द्र टण्डनले धार्केमा रहेको भेरी होटल एण्ड फास्टफुडबाट ठगिएको सेतोपाटीसंग गुनासो गरे। उनले भने ‘दुईवटा सेल एक कप चिया र एक तरकारी खाएको एक सय चालिस रुपैयाँ, यस्तो ब्रह्मलुट पनि गर्न पाइन्छ खोई सरकारको अनुगमन ? सेतोपाटी अनलाइनमा खबर छ । ’