पोषिलो खानाको अभावमा गाई धमाधम मर्दै

491 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पुस २५ धादिङ– आर्थिक अभावका कारण पोषिलो खाना खान नपाएर महोत्तरी गौशालास्थित निगौल गाई गौशाला व्यवस्थापन समितिको फार्ममा पालिएको गाई धमाधम मर्दै आएका छन् ।

मधेसी मोर्चाले विगत पाँच महिनादेखि जारी राखेको अनिश्चितकालीन हडतालका कारण निगौल गाई गौशाला व्यवस्थापन समितिको कार्यालयले पौष्टिक आहारको उचित व्यवस्थापन गर्न नसकेपछि फर्ममा पालिएकोमध्ये सातवटा दूधालु गाई तथा १५ वटा गाईका बच्छाबाच्छी मरेका छन् ।