सन् २०१७ सम्ममा घरघरमा धारा– मन्त्री सिंह

419 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भक्तपुर, २६ पुस । खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले सन् २०१७ सम्ममा सबै नेपालीको घरघरमा खानेपानीको धारा पु¥याइने बताउनुभएको छ ।

साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले घरघरमा खानेपानी पु¥याउने कार्यको थालनी भक्तपुरबाटै सुरु गर्ने बताउनुभएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले भक्तपुरलाई इन्टी प्वाइन्टको रुपमा लिएर कार्य योजना थालनी गरेकोे उहाँले बताउनुभयो ।

मन्त्री सिंहले भक्तपुरको महादेव खोला खानेपानी आयोजना अगाडि बढाएमा काठमाडौँ उपत्यकामा नै खानेपानीमा सहजता आउने बताउँदै खानेपानीको समस्या पहिचान गर्न र निराकणको उपाए खोज्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयलाई निर्देशनसमेत दिनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख आशिष घिमिरेले जिल्लामा रहेका खानेपानी तथा सरसफाइका समस्याबारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा युवा गैरसरकारी संस्था महासङ्घका उपाध्यक्ष नारायण गिरीले खानेपानी तथा सरसफाइ क्षेत्रमा युवाको सिर्जनशील र अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।