नेपाली घरमा दुई उपाध्यक्ष सहित टिम विस्तार

375 पटक पढिएको

प्रकाशित मिति: २८ पुष २०७२, मंगलवार ०७:०६

सम्पादक: Dhading News

नातिबाबु भट्ट
कोलोराडो, अमेरीका
DSC_0195कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपाली घरमा दुई उपाध्यक्ष थप गरि जिम्बेवारी हेरफेर र टिम विस्तार गरिएको छ ।
संस्थाको हालै संम्पन्न कार्य समितीको बैठकले संस्थाको विधान अनुुसार बोर्ड सदस्य लिलानाथ ढुङ्गाना र कम्युनीकेसन अफिसर नातिबाबु भट्टलाई उपाध्यक्षको जिम्मेवारी सुम्पेको हो । त्यसैगरी पत्रकार विजय घिमीरेलाई कम्युनीकेसन अफिसरको जिम्मा दिईएको छ । सोही बैठकले ११ जना बोर्ड सदस्य मनोनयन गरि २९ जनाको टिम बनाएको छ ।
संस्थ्ाँको विधान अनुसार मनोनित हुने बोर्ड सदस्यहरुमा पुष्पा गुरmङ, अर्जुन के सी, नवराज मरासैनी, दिलीप घिमीरे, उत्तम राई, रिपेन्द्र कार्कि, कपिलदेव सुवेदी, दुर्गा कोईराला, प्रेम रेग्मी, फणेन्द्र दाहाल र उपेन्द्र रिजाल रहेका छन् । संस्थाको केही महिना अघि सम्पन्न पाचौं साधारण सभाबाट तिन उपाध्यक्ष सहित पदाधिकारी र बोर्ड सदस्य संख्या ३१ सम्मको बनाउने व्यावस्था भए अनुसार यसरी मनोनयन तथा कार्य बिभाजन गरिएको हो । संस्थामा अझै एक उपाध्यक्ष सहित २ पद खालि रहेको र उक्त रिक्त स्थान पनि चाडै परिपुर्ति गरिने अध्यक्ष योगराज गौतमले बताएका छन् ।
त्यसैगरी नयां पदाधिकारी र बोर्ड सदस्यलाई स्वागत गर्ने उद्धेश्यले सुक्रबार सांझ बु्रमफिल्डमा सम्पन्न बैठकमा महा सचिव लछुमण रानाले नयां सदस्य तथा पदाधिकारीहरुलाई स्वागत गर्नुको साथै एक आपसमा परिचय गराएका थिए । सोही अवसरमा सल्लाहकार पुरुषोत्तम पाण्डे, अध्यक्ष योगराज गौतम, र स्पेसल कमिटीका संयोजक डा. सुदिप प्याकुरेलले सबैलाई स्वागत गर्दै, संस्थाको उद्धेश्य तथा आगामी रणनितीको बारेमा छलफल चलाएका थिए । सोही बैठकमा कोषाध्यक्ष जगदिशचन्द्र ढकाले संस्थाको आर्थिक गतिविधी बारे प्रकाश पारेका थिए ।
बैठकमा संस्थाले नेपाली घर निर्माण गर्न भनी देउसी भैलो खेली जन समुदायबाट जम्मा गरेको रकम संस्थाको खातामा सुरक्षित रहेको, कार्यक्रम गर्दा लाग्ने हलभाडा तथा स्टेसनरी बाहेक अन्य शिर्षकमा खर्च नगरिएको जानाकारी गराईएको थियो । संस्थाको बैठक तथा अन्य कार्यक्रममा लाग्ने खाना चिया तथा अन्य खर्च तत्कालै सहभागीहरुबाट संकलन गरि तिर्ने गरिएको बताईएको थियो ।
नेपालीहरुको भाषा, संस्कृती, रहन सहन भेष भुषाको संरक्षणार्थ एक नेपाली घर निर्माण गर्न अघि बढिरहेको यस संस्थाले सबै संघ संस्था तथा समुदायहरु संग हातेमालो गर्दै अगाडी बढ्ने, स्थानीय श्रोत र साधन पहिचाहन तथा परिचालन गर्ने, र मार्च २६ तारिका दिन ब्राईटन मन्दिरमा होलीको कार्यक्रम गर्ने जस्ता विविध निर्णयहरु गरेको छ



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२८ पुष २०७२, मंगलवार ०७:०६ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

बूढीगण्डकीआयोजनाको कारण मध्यपहाडी लोकमार्ग निर्माणमा अलमल

- केशव अधिकारी कटुन्जे -धादिङ । प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी नटुंगिएका कारण मध्यपहाडी लोकमार्गको धादिङ जिल्लाको खण्ड निर्माण कार्य रोकिन पुगेको छ । बूढीगण्डकी.....

नीलकण्ठ बहुमुखी क्याम्पसको दोश्रो क्याम्पस सभा सम्पन्न

धादिङ, १३ मंसिर - निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको दोश्रो क्याम्पस सभा मंसिर १३ गते शनिबार धादिङबेसीमा.....

नीलकण्ठ क्याम्पसको अध्यक्षमा शम्भुकुमार श्रेष्ठ चयन

धादिङबेसी । धादिङ जिल्लाको पहिलो सामुदायिक क्याम्पस निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको सञ्चालक समिति.....

आइसोलेसन बाट निर्मलाको सुझाव – कोरोना लाई सामान्य नठानौं

- निर्मला अधिकारी  दशै भर्खर सकिएको थियो  l अफिस खुलेर काम सुरु भईसकेको थियो l मैले काम गर्ने कम्पनी औषधीको.....

उपाध्यक्ष कँडेलद्धारा धादिङका राष्ट्रिय गौरव आयोजनाको अनुगमन

केशव अधिकारी धादिङ,१२ मंसिर -  धादिङ जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अन्य योजनाहरुको राष्ट्रिय.....

Categories