यस्ता छन् पुनर्निर्माण प्रधिकरणका चार निर्णय

484 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

d30780c7ab0383e71a5d2bce8af77724_Lकाठमाडौं- भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको पहिलो बैठक बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बैठकले आगामी माघ २ गतेबाट राष्ट्रिय पुनर्निर्माण महाअभियान शुरु गर्ने लगायतका ४ बुँदे निर्णय गरेको छ।
११ सदस्यिय निर्देशक समितिको उपाध्यक्षमा प्रमुख प्रतिपक्ष दलका तर्फबाट रामचन्द्र पौडैल रहेका छन् । यस्तै प्रधानमन्त्रीले मनोनयन गरेका सदस्यहरुमा अर्थमन्त्री विष्णु पौडेल र गृह मन्त्री शक्ति बस्नेत, पदेन सदस्य योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव र तिनजना विशेषज्ञ मनोनितमा बोलाइएको थियो । सदस्य सचिवमा भने प्राधिकरणका सचिव छन् ।

बैठकले गरेका चार निर्णय यस्ता छन्:

१. राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्न गठित समितिले तयार गरेको संगठन तथा व्यवस्थापन सर्भेक्षणको प्रतिवेदन बमोजिमको संगठन संरचनामा आवश्यक परिमार्जन सहित संगठन संरचना स्वीकृत भयो । क्षेत्रिय संरचनामा दोलखा, काभ्रे, नुवाकोट, गोर्खा, काठमाडौं र ललितपुरमा गरी भूकम्प अतिप्रभावित चौध जिल्लाको समन्वय गर्न र बाँकी सत्र जिल्लाको समन्वयको निम्ति पायक पर्ने स्थानमा एक उपक्षेत्रीय कार्यालय राख्ने गरी सात वटा उपक्षेत्रीय कार्यालय राख्ने निर्णय भयो।

२. राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय र उपक्षेत्रीय कार्यालयहरुको स्थापना र प्रशासनिक कार्य सञ्चालनतर्फ चालू आर्थिक बर्षका लागि रू. २९,६७,८८,०००।- को बजेट स्वीकृत भयो ।

३. आगामी माघ २ गते राष्ट्रिय पुनर्निर्माण महाअभियानको शुभाराम्भ कार्यक्रमको बारेमा भएको निर्णयमा रानी पोखरी र ललितपुर जिल्लाको बुङ्मतीमा गाउँको पुनर्निर्माणबाट सुरू गर्ने र सो प्रयोजनका लागि रानी पोखरीको पुनर्निर्माण कार्यको शुभारम्भ गर्न सम्मानीय राष्ट्रपतिज्यू समक्ष अनुरोध गर्ने तथा बुङ्मती गाउँको पुनर्निर्माण कार्यको शुभारम्भ सम्माननीय प्रधानमन्त्रीज्यूबाट गर्ने निर्णय भयो ।

४. प्राधिकरणलाई आवश्यक पर्ने कर्मचारी जुनसुकै निकायबाट सरुवा वा काजमा ल्याइ काम काज गराउने निर्णय भयो नागरिक न्यूज डटकमले खबर लेखेको छ । ।