गाउंमै पुगेर एकसय चेपाङ विद्यार्थीलाई स्वेटर वितरण

447 पटक पढिएको

प्रकाशित मिति: ६ माघ २०७२, बुधबार ०५:१९

सम्पादक: Dhading News

कुमार जमकट्टेल
1 (1)बेनिघाट( धादिङ ) । मुटुनै कमाउने माघको ठण्डिमा चिसोमा पुरानो भएर च्यातिईसकेको एकसरो पातलो कपडाको भरमा बिद्यालय आउने गरेका अति विपन्न धादिङका एकसय चेपाङ बिद्यार्थीलाई स्वेटर बितरण गरिएको छ ।
चरम गरिबीका कारण खाद्यान्न अभाव संगै लगाउने कपडाको समेत अभाव झेल्न वाध्य भएका चेपाङ वालवालिकालाई नियमित बिद्यालय आउने वाताबरण वनाउने उद्धेश्यले सहयोगी दाताहरु गाउं गाउंमै पुगेर अति विपन्न बिद्यार्थीलाई एक एक थान स्विटर बितरण गरिएको हो ।
जाडो याममा लगाउने वाक्लो कपडा नभएकै कारण चेपाङ बालबालिकाहरु विद्यालय छाड्ने क्रम बढिरहेको बेला अन्तराष्ट्रिय सृजना समता प्रतिष्ठानका संस्थापक अध्यक्ष सृजना उप्रेती र उहाँका सहयोगी साथीहरु बासुदेब घिमिरे, चाँदनी सिह, चन्द्र धिताल र धन बहादुर दवाडी,लक्ष्मण फुयाल, मणीराज चौलागाइको सहयोगमा बेनिघाट गाविसको बेलडाडा कालिका प्रा.वि. बेनिघाट–५ को रुदिङ्गमा ३९ जना, त्यसैगरी सिद्ध बागेश्वरी प्रा.वि. बेनिघाट–६, बट्टारको १५ जना र बेनिघाट–९ को भुमेस्थान प्रा.वि., माथिल्लो ओर्वाङ को ४६ जना गरी कुल १०० जना चेपाङ वालवालिकाहरुलाई स्वेटर वितरण गरिएको हो । बर्षै भरी खाद्यान्न अभावको कारण निकै कष्टका साथ जिवन यापन गर्दै आईरहेका दक्षिणी धादिङका चेपाङहरुको दैनिकी बैशाख १२को महाभुकम्प पछि निकै कष्टकर वन्दै गएको सिद्ध वागेश्वरी प्रा.वि. को प्रध्यानाध्यापक लक्ष्मण दाहालले बताउनु भयो ।
2 (1)अन्य समुदायको तुलनामा चेपाङ समुदायमा खाने अन्न र मौसम अनुसारको लत्ताकपडाको ज्यादै समस्या रहने गरेकोमा सहयोगी दाताहरुले निकै महत्वपूर्ण सहयोग गरेर बिद्यालय छाड्ने अवस्थामा पुगिसकेका चेपाङ वालवालिकाहरुलाई नियमित पढ्न आउने वाताबरण वनाईदिएको दहाल बताउनुहुन्छ ।
गाविसलाई पृथ्वीराजमार्गलले छोएको भएपनि बेनिघाट गा.वि.स. को वडा नं. ५, ६ का गाउं बस्ति गा.वि.स. कै विकट बस्तिका रुपमा रहेको र त्यहांका चेपाङहरु झनै विपन्न रहेका छन । राजमार्गवाट ग्रामिण सडक भएर सवारीसाधन मार्फत १ घण्टा र पैदल यात्रा मार्फत करिव ४,५ घण्टा हिडेपछि पुग्न सकिने चेपाङ बस्तिमा वालवालिका मात्रै होइन ठुला उमेरकाहरु संग पनि लगाउने कपडा एक सरो भन्दा नहुने गरेको स्थानीय वताउंछन ।
3 (2)भिरालो जमिनमा गरिएको खेतीले बर्षको ३ महिना पनि धान्न मुस्किल हुनु चेपाङ बस्तिको बिशेषता जस्तै बनिसकेको छ । वेनिघाट गाविसमा मात्रै होइन धादिङ जिल्लाको जोगिमारा, धुषा, वेनिघाट, महादेवस्थान, गजुरी, पिडा,कुम्पुर, गोगनपानी,थांक्रे, नौविसे लगायतका गाविसका विभिन्न स्थानमा रहेका सबै चेपाङको अवस्था उस्तै दयनीय रहेको छ । अधिकांशले गरिबीका कारण आफ्ना छोरा–छोरीहरुलाई गाँस, बाँस र कपासको राम्रो व्यवस्था दिलाउन नसक्ने स्थिती रहेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

६ माघ २०७२, बुधबार ०५:१९ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

बूढीगण्डकीआयोजनाको कारण मध्यपहाडी लोकमार्ग निर्माणमा अलमल

- केशव अधिकारी कटुन्जे -धादिङ । प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी नटुंगिएका कारण मध्यपहाडी लोकमार्गको धादिङ जिल्लाको खण्ड निर्माण कार्य रोकिन पुगेको छ । बूढीगण्डकी.....

नीलकण्ठ बहुमुखी क्याम्पसको दोश्रो क्याम्पस सभा सम्पन्न

धादिङ, १३ मंसिर - निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको दोश्रो क्याम्पस सभा मंसिर १३ गते शनिबार धादिङबेसीमा.....

नीलकण्ठ क्याम्पसको अध्यक्षमा शम्भुकुमार श्रेष्ठ चयन

धादिङबेसी । धादिङ जिल्लाको पहिलो सामुदायिक क्याम्पस निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको सञ्चालक समिति.....

आइसोलेसन बाट निर्मलाको सुझाव – कोरोना लाई सामान्य नठानौं

- निर्मला अधिकारी  दशै भर्खर सकिएको थियो  l अफिस खुलेर काम सुरु भईसकेको थियो l मैले काम गर्ने कम्पनी औषधीको.....

उपाध्यक्ष कँडेलद्धारा धादिङका राष्ट्रिय गौरव आयोजनाको अनुगमन

केशव अधिकारी धादिङ,१२ मंसिर -  धादिङ जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अन्य योजनाहरुको राष्ट्रिय.....

Categories