नेपाललाई २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि-बंगबन्धु फुटबल प्रतियोगितको उपाधि जित्न सफल

746 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

Nepali_Football_Team_bangabandhu_834603566

काठमाडौं : नेपालले २३ वर्ष लामो प्रतिक्षालाई चिर्दै बंगबन्धु फुटबल प्रतियोगितको उपाधि जित्न सफल भएको छ ।

बंगलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा बहराइनलाई ३–० ले हराउँदै बंगबन्धु फुटबल प्रतियोगिताको उपाधि उचालेको हो ।

नेपाललाई उपाधि दिलाने क्रममा बिमल घर्तीले पहिलो हाफको पाँचौ मिनेटमै पहिलो गोल गरे । पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो ।

शुरुबाटै आक्रमक खेलेको नेपालले दोस्रो हाफमा पनि त्यसलाई जारी राख्यो । नेपालका लागि खेलको ८५ अाै‌‌ मिनेटमा विशाल राईले अर्को गोल थपे ।

दुई गोल गरेको पाँच मिनेट नबित्दै खेलको निर्धारित समयको अन्तिम मिनेटम माल्दिभ्सविरुद्द्धको खेलमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठले अर्को गोल थप्दै नेपाललाई शानदार जित दिलाए अन्नपूर्ण पोष्टमा खबर छ ।