श्यामैडाँडाका चेपाङलाई नेपा कम्पेक्सको सिरक डसना

1014 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,- भुकम्पका कारण घर गुमाएर त्रिपालमुनि शित र तुसारोसंग संर्घष गर्दै आएका दक्षिणी धादिङका अति विपन्न चेपाङलाई नेपाल कम्पेक्सले सिरक डसना हस्तान्तरण गेरेको छ ।
DSC_1941धादिङ जिल्लाको पिडा गाँउ विकास समिति वडा नं. ६ श्यामैडाँडाका चेपाङलाई कम्पेक्सले प्रति परिवार फाइवरको सिरक एक वटा र एक वटा डसना बाँढेको हो । पिडा गाविसका १ सय ७५ चेपाङ परिवार र किराञ्चोक वडा नं. ८ का ३१ सहित अन्य ९ परिवार गरी २ सय १५ परिवारलाई ३ हजार २ सय मूल्य वरावरको सिरक डसना हस्तान्तरण गरिएको नेपा कम्प्लेक्स व्यापार संघ रन्जना गल्ली काठमाण्डौले अध्यक्ष राजु भट्टाराइृले बताए ।
भुकम्प गएपछि कम्पेक्समा व्यापार गर्दै आएकालाई राहत स्वरुप एक महिनाको घर भाडा ३६ लाख मिनाह गरिएको थियो । व्यापारीहरुले मिनाह पाएको ३६ लाख मध्ये १८ लाख भुकम्प पिडिक सहयोग कोष बनाएर त्यही पैसाबाट केही सहयोग गर्न सकिएको नेपाः कम्पेलक्सका सञ्चालक रमेश मान्नधरले बताउनु भयो ।
सहयोगले चेपाङहरु निकै खुसी देखिएका थिए । अव वालवच्चा र बुढाबुढी न्यायोसंग सुत्छन, सिरक डसना बुझेपछि संगिता चेपाङले भन्नु भयो ।