डा. गोविन्द केसीको आन्दोलनभित्रको तथ्य

826 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 डा. रामकुमार अधिकारी

ramkumar_adhikariअन्तत: २०७२ माघ ११ गतेबाट त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पस शिक्षण अस्पतालका हाडजोर्नी विभागका प्राध्यापक डा. गोविन्द के.सी. ले विभिन्न मागहरु राखी आठौँ पटक आमरण अनसन बस्नु हुने भएको छ । उहाँलाई लागेको छ– उहाँ आमरण अनसन बसेको केही घण्टामा नै डा. केसी सिरियस भएको खबर नेपाली मिडियाले प्रचार गर्नेछन् । अब केही दिनमा महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरु सेतो ड्रेस लगाएर आफ्नो समर्थनमा आन्दोलनमा उत्रनेछन् । नेपाल चिकित्सक संघले देशब्यापी आन्दोलनको घोषणा गर्नेछ र त्रि.वि. शिक्षण अस्पताल लगायत नेपालका अस्पतालहरुमा आफ्ने जीवनरक्षाको लागि डाक्टरहरुले काम गर्न छाड्ने छन् । सरकारलाई ठूलो दवाव पर्नेछ र सरकार झुक्नेछ । यि अनुमानको भरमा डा. केसीले हालको प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई बदनाम गर्न उनको मुख्य माग पुरा हुँदा पनि अमरण अनसन बस्ने भएका छन ।  नेपालका सवै वामपन्थी विरोधी शक्तिहरुले वर्तमान ओली सरकारलाई आफ्नो बलबुताले भ्याएसम्म अप्ठ्यारो पार्न कसम भएका छन । सोही श्रृंखलाको रुपमा डा. केसीलाई गोली बनाई महाराजगञ्ज मेडिसिन क्याम्पसका केही अनुदारवादी प्राध्यापकहरु, नेपाललाई शिक्षामा आत्मनिर्भर हुन नदिने विदेशमा मेडिकल शिक्षा पठ्न विद्यार्थी पठाउने दलालहरु मिलि बन्दुक समाई पुनः पड्काएका छन ।

मागहरु पुरा गर्ने सहमतिका साथ डा. केसीले जुस खानेछन् र आमरण अनसन समाप्त हुनेछ । साथै शिक्षण अस्पताल महाराजगञ्जलाई सरकारले आमरण अनसन बस्दाको समयको क्षतिपूर्ति बापत राज्य कोषबाट करोडौं रुपैयाँ उपलब्ध गराउने सहमति हुनेछ । डा. के.सी.ले विगतमा पटक पटक गरेका अनसन लगायतका आन्दोलनहरु एवं अभिव्यक्तिहरुको आधारमा विगतमा नेपालका मिडियाले डा. के.सी. प्रति गरेका टिप्पणी यस प्रकार छन:– डा. के.सी. निष्ठा, ईमान र समर्पणका प्रतिक हुन । उनले माफिया हराए तर माफिया मरेको छैन । ब्रह्मले देखेको सत्य र न्याय उनी बोल्छन । नेपाली स्वास्थ्य क्षेत्रको कालकुट वीष उनले पिए । राजनीतिको नाममा चलेको माफियातन्त्रका उनी विरोधी हुन । उनले भनेका छनः– सुसम्य, सुसंस्कृत र प्राज्ञिक संस्था बनाउन म तपस्या गर्दैछु । उनी सामाजिक अभियन्ता हुन । अन्यायविरुद्ध उनले युद्ध छेडे । नैतिकता र मूल्यको खडेरी हुन दिएनन् । कान्तिपुर दैनिकले डा. के.सी.लाई २०७०÷११÷७ मा वर्ष पुरुष घोषणा ग¥यो । उनी आदर्श चिकित्सक, नैतिकवान छवि भएका हुनाले चर्चामा आउन चाहँदैनन् जस्ता टिप्पणीहरु राष्ट्रिय र अन्र्तराष्ट्रिय मिडियामा आएका छन् ।

तर डा. के.सी. ले उठाएका मागहरु, उनले गरेका पटक पटकका आमरण अनसन रुपी आन्दोलन बारे जान्न निम्न तथ्य पर्याप्त छ ।
कुनै पनि देशमा ऐतिहासिक व्यक्तिहरुको नाममा सरकारले नै शहरको नाम, विमानस्थलको नाम, स्कुल, क्याम्पस, खेलकुद मैदानको नाम, आदि राखेर सम्मान गर्ने चलन छ र नेपालमा विश्वेश्वर प्रसाद कोइरालाको नाममा केहि संस्था सरकारले स्थापना गरेको छ, तर पुस्पलाल श्रेष्ठ, सुबर्ण समशेर, गणेशमान सिंह, मदन भण्डारी, कृष्ण प्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजा प्रसाद कोइराला, गजेन्द्र नारायण सिंह, महेन्द्र नारायण निधि लगाएत अन्य आदरणीय नेताहरुको नाममा सरकारले खासै केहि गरेको छैन । नेपाली राजनीतिका धरोहर वीपीको नाममा राज्यले सयौँ विघा जग्गामा खर्वै खर्च गरी वीपी केआईएचएस धरान, वीपी क्यान्सर अस्पताल भरतपुर जस्ता अस्पताल बनाएको छ । यो राम्रो कुरा हो । तर वीपी जत्तिकै उचाई प्राप्त गरेको मनमोहन अधिकारीको नाममा कुनै काम गरेको छैन । शिक्षण अस्पताल महाराजगञ्जमा डा. अरुण सायमीको विशेष पहलले एक केन्द्र मनमोहनको नाममा बनेको छ । त्यो निर्माणमा पनि वीपी कोइराला आँखा केन्द्र र गणेशमान श्रेष्ठ नाक, कान, घाटी केन्द्र भन्दा मनमोहनको नामको केन्द्रलाई जग्गा दिने सवालमा विभेद गरिएको छ । यसरी राज्यले अपमान गरिसकेपछि सवै जनता मिलेर थोरै–थोरै रकम जम्मा गरी मनमोहन अधिकारीको नामलाई अमर बनाउने उद्देश्यले खोल्न खोजिएको मनमोहन प्रतिष्ठानलाई कुनै पनि हालतमा खोल्न हुन्न भनी डा. केसीले कसम खाई आमरण अनसन बस्ने भएका छन ।

डा. केसीले केहि समय अगाडि एक टि.भी. अन्तरवार्तामा नेपालका राजनेता, अदालत एवं अख्तियारका व्यक्तिहरु, त्रि.वि.का पदाधिकारी, चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व पदाधिकारीलाई भ्रष्ट, माफिया, दलाल, अनैतिक जस्ता शव्द प्रयोग गर्नु भएको छ  (रेकर्ड उपलब्ध छ) ।  प्राध्यापक जस्तो व्यक्तिले विना प्रमाण यस्ता शब्दहरुद्वारा सार्वजनिक रुपमा आरोप लगाउन मिल्छ ? तसर्थ उहाँलाई कारवाही हुन पर्छ कि पर्दैन ? नेपाली गरिव जनताको रगत र पसिनाबाट उठेको राजस्वबाट महिनामा लाखाँैं तलव भता खाने, अनसन बसेको दिनको भता पनि खाने, अस्पतालकै कोठामा हिटर लगायल अन्य सुविधा प्रयोग गरी अनसन बसी जनताको पैसा खर्च गराउने, अस्पताललाई करोडाँैं घाटा पु¥याउने, हडतालको कारणले हडताल अवधिमा उपचार नपाएर दर्जनौ व्यक्तिले ज्यान गुमाउन वाध्य पार्ने व्यक्ति चाहि पवित्र हुने र विना प्रमाण कुनै व्यक्तिले भनेकै व्यक्ति भ्रष्टचारी हुन सक्छन ? प्रकारान्तरले डा. के.सी. एक कर्मचारी हुन । आफु त्रि. वि. अन्र्तगतकै एक जागिरे भएर त्रि.वि. कै भि.सि, रेक्टर, रजिष्ट्रारलाई पदमुक्त गरि पाउँ भनि माग राखि आमरण अनसन वस्नु अत्यन्त हास्यास्पद एवं लज्जाजनक हर्कत हो । एक कर्मचारीले माथिल्लो पदमा रहेका व्यक्तिहरुलाई विना प्रमाण आरोप लगाई कारवाही वा पदच्युत गरी पाउँ भनि आन्दोलन गर्नु आफैमा अनैतिक कार्य हो । प्राध्यापक भनेको देशका प्रवुद्ध वर्ग हुन । अन्य देशमा राष्ट्राध्यक्षले समेत प्राध्यापकको सल्लाह लिएर काम गर्छन र सम्मान गर्छन । यहाँ डा. के.सी.ले प्राध्यापक पदको खिल्ली उडाउनुभएको छ । उहाँ वाहेक चिकित्सा शास्त्र अध्ययन संस्थानमा सवै प्राध्यापकहरु योग्य, जिम्मेवार एवं प्रतिष्ठित छन । यो समस्या देशभरका सम्पुर्ण चिकित्सकहरुले पनि बुझ्न जरुरी छ । नेपालको मेडिकल एडुकेशनको ल्याण्डमार्कको रुपमा रहेको चिकित्सा शास्त्र अध्ययन संस्थानका आफ्नै साथीलाई भ्रष्ट, माफिया, दलाल भन्ने व्यक्ति केसी बाहेक त्यहाँ कोही छैन । डा. के.सी. ले बोलेको अशिष्ट शव्दहरु प्राध्यापक शब्दलाई खिल्ली उडाउने खालका छन जसले गर्दा चिकित्सा शास्त्र अध्ययन संस्थान कै प्रतिष्ठमा आँच पु¥याएको छ । उहाँले आफ्ना नजिकका सँग यसो नगरे त हिरो होइदैन नी, हिरो त हुनै प¥यो नी, पछि त मैले नी राजनीति गर्ने हो नी भन्ने गर्नुभएको छ । राजनीति गर्ने भए जागीर छोडेर मैदानमा आउनु राम्रो हुन्छ । सर्वोच्च अदालतले अस्पलाल जस्तो समबेदनशील स्थलमा आमरण अनशन गर्न नपाइने भनि दिईएको परमादेशको डा. के.सी. ले अबज्ञा गर्नु भएको छ । सर्बोच्व अदालतको आदेश नमान्नु भनेको नैतिक एवं आत्मिक शक्ति गुमाई सकेको दन्ते कथाका छट्टु स्यालले गर्ने आधारभुत अराजक हर्कत हो ।

पदमा बसेका जती सवै भ्रष्ट हुन्छन् भन्ने मानसिकता गलत छ । नेपालको मात्रै होइन दक्षिण एशियाकै प्रवृती नकारात्मक कुरा तिर वढि विश्वास गर्ने र रमाउने प्रवृती हो । यसकारण नेपाल हल्लैहल्लाको देश भनेर भन्नु पर्ने स्थिति आएको छ । आलोचना गर्ने, ध्वंस गर्ने लोकप्रिय हुने प्रवृति छ । गुणस्तरमा कुनै पनि हालतमा सम्झौता गर्नु हुदैन भन्ने कुरो डा. के.सी. ले बुझाइरहनु पर्दैन । उहाँ भन्दा क्षमतावान एवं योग्य चिकित्सक नेपालमा असंख्य छन । डा. के.सी.ले कानून र विधिको शासनको खिल्ली उडाउनु भएको छ । विधि, नियमलाई जवर्जस्ती मिचेर प्राण त्याग गर्ने धम्कीको भरमा अरुको सम्पत्ति नष्ट हुनुपर्छ भन्ने जायज माग हो कि अपराध हो ? यस्ता अपराधिक फलामे अडान ध्वंस, प्रचार र स्वार्थको लागि मात्र हुन्छ ।

दुर्गम ठाउँमा मेडिकल कलेज खोल्नुपर्ने माग जायज हो । राज्यले यसलाई महत्व दिनैपर्छ । तर यो माग उठाउने डा. के.सी.बारे आम नेपालीले जान्नैपर्छ । डा. केसी तत्कालीन श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयको मेडिकल अफिसर भई वीर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । काठमाडांैबाट प्रकाशित हुने राष्ट्रिय मासिक स्वास्थ्य खवर पत्रिकाको अंक ५ २०७० माघको अंड्ढमा तत्कालिन श्री ५ को सरकारको छात्रवृत्रिमा एमएस गर्न बंगलादेश (सन् १९८९ देखि १९९३ सम्म) मा गएर डा. के.सी. ले नेपाली जनताको पैसाले हाडजोर्नी विशेषज्ञ बने । यसरी छात्रवृत्तिमा पढेका व्यक्तिले काठमाडौं बाहिर गई सेवा गर्नै पर्ने अनिवार्य शर्तलाई डा. के.सी. ले लत्याउनुभयो । र दूर्गममा एक दिन पनि सेवा गर्न जानु भएन । उल्टो सरकारी जागिरबाट दूर्गममा जानु पर्ने भएकोले राजीनामा दिएर महाराजगंज शिक्षण अस्पतालमा नियुक्ति लिनुभयो । यसो गर्दा कि त उहाँले पढेको पैसा फिर्ता गर्नुपर्छ कि त दूर्गममा जानै पर्छ । दूर्गममा नगएकाले सरकारलाई तिर्नु पर्ने पैशा उहाँले तिर्नुभएको छैन । तसर्थ उहाँले छात्रवृत्तीको पैसाको साँवा व्याज तिर्ने गरी उहाँलाई राज्यले दण्डीत गर्नैपर्छ, अख्तियारले छानविन गर्नै पर्छ । आफू अनिवार्य दुर्गम वस्नु पर्ने व्यक्ति दूर्गम नजाने, उल्टो आज दूर्गमको माया गर्ने, कुन नैतिकता हो ? उहाँले जनतासामू उत्तर दिनुपर्छ ।

निष्कर्ष
संसारभर आज कसरी विदेशी विद्यार्थी भित्र्याउने, कसरी विदेशी पैशा भित्र्याउने होड चलेको छ । देशको सफलता नै यसमा रहेको मानिन्छ । तर डा. के.सी. का कदमले नेपालबाट हजारौं विद्यार्थी र अरवौं रकम बाहिर पठाउने काम भएको छ । यसरी देशको रकम बाहिर पठाएर देशलाई टाट पल्टाउने व्यक्ति वर्षपुरुष, महामानव, देशभक्त हुन सक्दैन । त्यसरी नै देश भित्र संस्था खोल्ने व्यक्ति माफिया, दलाल, अनैतिक हुन सक्दैन । हजारौं विद्यार्थी विदेशमा कुन र कस्तो कलेजमा एमबीबीएस पढ्छन, त्यो डा. के.सी. लाई थाहा छैन र मतलव छैन । तर नेपालमा पढ्न पाइदैन र सवै पैसा पढ्नको लागि विदेशमा लैजानुपर्छ र देश र जनतालाई खोक्रोे बनाउनुपर्छ भन्ने व्यक्ति विदेशमा विद्यार्थी लैजाने कन्सलटेन्सीहरुबाट प्रत्यक्ष संचालित छन भन्ने कुरो घाम जति कै छर्लङ्ग छ । गरिएका हर्कतहरु, अभिव्यक्तिहरु र परिणामहरु हेर्दा डा. केसी कतैबाट कुनै प्रलोभनद्धारा संचालित भएको जस्तो देखिन्छ । तर डा. केसी एक प्राध्यापक हुनुहुन्छ र उहाँले त्यस्तो प्रलोभनवाट यस्ता गलत कामहरु गर्नु भएको होइन भन्ने कामना गरौं ।

मनमोहन कुनै नाफाको उद्देश्य नलिई २४ सय भन्दा बढी व्यक्तिहरुले संचालन गर्न लागेको गैरराजनीतिक संस्था हो । यस संस्थामा नेपालमा रहेका सवै राजनीतिक दलका व्यक्तिहरु सदस्य छन । मनमोहन जस्तो पवित्र संस्थालाई माफिया भन्न मिल्छ ? हालसम्मका नितान्त प्राइभेट मेडिकल कलेजहरु खोल्दा डा. के.सी. किन चुप हुनुभयो ? आज मनमोहन र सहकारी भन्ने वित्तिकै किन यति मर्माहत ? महान नेता स्व. विश्वेश्वर प्रसाद कोइरालाको नाममा राज्यले धेरै संस्था खोलेको छ । वि.पी.के.आइ.एच.एस. धरान, वि.पि. कोइराला क्यान्सर अस्पताल भरतपुर आदि वि.पि.का नामका संस्था बनाउँदा नेकपा एमाले लगायत कुनै पनि राजनीतिक दलहरुले विरोध नगरी समर्थन नै गरिरहे । तर मनमोहनको नाममा जनता मिलेर खोल्न खोज्दा डा. के.सी. किन मर्माहत हुनुहुन्छ र प्राण त्याग्छु भन्नुहुन्छ यो अनुसन्धानको विषय हुनुपर्छ ।
केही समय डा. के.सी.ले वाईवाइ पाउनुभएको छ । तर वास्तविकता बुझिसकेपछि जनताले केसीलाई धिकार्ने छन । रिस, डाह, इगो, बदला लिएर आत्म सन्तुष्टी लिने व्यक्तिको कालन्तरमा विनाश हुन्छ र शिष्टता, प्रिय वचन, सम्यम, धैर्यताको कालान्तरका जीत हन्छ । महान व्यक्ति जहिले पनि अनुचित कटरताको विरोधमा हुन्छ र नैतिकता, न्याय, कर्तव्य र अनुशासनको घेरामा हुन्छ ।