राहत रकम कब्जा गर्ने कर्मचारीहरुविरुद्ध कार्वाही सुरु

564 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

chepang-655x360धादिङ-  भूकम्पपीडित चेपाङहरुलाई दिइएको सरकारी नगद राहतलाई पुरानो ऋण भन्दै असुल्ने फोकस नेपालका २ जना कर्मचारीलाई स्थनीय प्रशासनले कार्यालयमा उपस्थित हुन आदेश दिएका छन ।

स्थानीय प्रशासनले माघ १० गते आईतबार प्रहरीमार्फत कार्यालयमा उपस्थित गराउन आदेश दिएका छन । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको लिखित आदेशमा प्रहरीले उक्त संस्थाका गरिबी निवारण कोषतर्फका कार्यक्रम संयोजक लालप्रसाद पोखरेल र संस्थाकी जोगीमारा गाविसमा कार्यरत सामाजिक परिचालक सिर्जना श्रेष्ठलाई उपस्थित हुन आदेश दिएका छन ।

न्यानो कपडाका लागि नगद राहत वितरण गर्ने जिम्मा लिएका संस्थाहरुकै लापरबाहीका कारण जोगीमाराका साढे १५ सय घरधुरीले गत ५ गते मात्रै रकम पाएका थिए ।

जोगीमाराका ६५० घरधुरीलाई नगद राहत वितरणस्थलमै पुगेर भूकम्पपीडितलाई राहत तथा उद्दारमा खटिएको दावी गर्ने संस्था फोकस नेपालका कर्मचारीहरुले १३५ घरधुरी विपन्न चेपाङबााट समूहबाट लिएको पूरानो ऋृण असुल्नु पर्ने भन्दै २ देखि ५ हजार रकम असुलेका थिए ।

राहत रकमबाटै जबरजस्ती ऋण असुलेको गुनासो प्राप्त भएकोले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी, स्थानीय विकास अधिकारी भगवान अर्यालले पीडित वस्तीमा पुगेर स्थलगत अनुगमन गरि उक्त रकम सम्बन्धित पक्षलाई तत्काल फर्काउन आदेश दिएका थिए ।

यस् विषयमा समाचार प्रकाशित भएलगत्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद सचिवालयबाट उक्त संस्थालाई तत्काल कारबाही गर्न स्थानीय प्रशाासनलाई गत ७ गते नै लिखित आदेश दिएको थियो । उक्त आदेशलगत्तै संस्थाले ५ लाख ६८ हजार रुपैयाँ गाविसमार्फत् सम्बन्धित पक्षलाई फर्काएका थिए ।