धादिङको तिप्लिङमा भेटियो लोपउन्मुख जिव रेडपाण्डा

1833 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–लोपउन्मुख जिवका रुपमा रहेको रेडपाण्डा अर्थात हाव्रे धादिङ जिल्लामा पनि भेटिएको छ । धादिङको उत्तरी भेगको सबैभन्दा माथिल्लो बस्ति तिप्लिङ गाविसको लिङजो नजिकैको म्यान्चेत चिप्रा र नाचेत खर्क मा रेडपाण्डा भेटिएको पुष्टि भएको हो ।
?अमेरीकी सहयोग नियोग यु. एस. ए. आई. डी को सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्र्तगत हिमाली संरक्षण मञ्च र रेड पाण्डा नेटवर्कको संयुक्त अध्ययनले धादिङ जिल्लामा पनि रेडपाण्डा रहेको पुष्टि गरेको हो ।
स्थानीय तामाङ र घले भाषामा होप भनिने हाव्रे तिप्लिङ गा.वि.स. को लिङ्गजो गाउं नजिकको म्यान्चेत चिप्रा र नाचेत खर्क नजिकको ३३०० मि उचाईको जंगलमा भेटिएपछि रेडपाण्डा पाइने जिल्ला २५ पुगेको रेड पाण्डा नेटवर्कले जनाएको छ ।
अमेरीकी सहयोग नियोग यु. एस. ए. आई. डी ९ ग्क्ब्क्ष्म्० को सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्र्तगत हिमाली संरक्षण मञ्च र रेड पाण्डा नेटवर्कको संयुक्त अध्ययनले गत आश्विनमा धादिङ जिल्लाको हिमाली गा.वि.स. हरुमा रेड पाण्डा नेटवर्कका अनुसन्धानकर्ता मनोज भट्टको नेत्तृत्वमा रहेको टोलीले एक महिना लामो अध्ययने गरेको थियो ।
लजालु स्वभावको वन्यजन्तु मानिने हाब्रेको दिसा भेटिएको आधारमा धादिङ जिल्लामा पनि यसको उपस्थिति रहेको पुष्टि भएको भट्टले वताउनु भयो । धादिङमा हाब्रेको उपस्थिति पुष्टि भएपछि नेपालमा ( रेडपाण्डा) पाइने जिल्ला २५ पुगेको भट्टको भनाई छ ।
हाब्रेको बसोबास भएको पुष्टि भएपछि गत हप्ता ,सेर्तुङ र तिप्लिङ गा.वि.स. का विभिन्न स्थानमा समुदाय र विद्यलाय स्तरमा संरक्षणको लागि जनचेतनामुलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा हाब्रेको महत्व अहिलेको अवस्था , संरक्षण गर्नुपर्ने आवश्यकता , चोरी निकाशी गरेमा हुने कानुनी कारबाहीको विषयमा जानकारी शिक्षक र बिद्यार्थीहरुलाई जानकारी गराइएको रेडपाण्डा नेटवर्कका सदस्य सुदिप भण्डारीले जानकारी दिनुभयो ।
रेडपाण्डा भेटिएपछि स्थानीयस्तरमा सामुदायिक वन गठन गरी वन तथा रेडपाण्डा लगायत अन्य वन्यजन्तु संरक्षण लाग्न स्थानियले चासो देखाएका छन । आफ्नो जङगलमा हाब्रेको उपस्थिति रहेको खबरले तिप्लिङ लिङ्गजोका स्थानियवासी समेत निकै खुशी भएका छन ।
हिमाली बस्तिका रुपमा चिनिएको धादिङ जिल्लाको उतरी भेगको प्राकृतिक सौन्दर्य तामाङ संस्कृति वन्यजन्तु तथा रुवीको आर्कषणलाई प्रचार गरेर पर्याय –पर्यटनको विकास गर्ने सकिने अवस्था रहेको तिप्लिङका वासिन्दा मेन घले बताउनुहुन्छ ।