चर्पी निर्माणका लागि तालिम

596 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Photo For News 2

धादिङ/ एक्सन नेपालको आयोजना र इन्टरनेशनल मेडिकल कप्र्स (आई.एम.सी.)को सहयोगमा चर्पी निर्माण सम्बन्धि तालिम नीलकण्ठ नगरपालिका वडा नं।८ रामकोटमा सम्पन्न भएको छ । स्थानीय स्तरमै दक्ष जनशक्तिको निर्माण गर्ने उद्देश्यले दिइएको तालिमबाट तयार भएका मिस्त्रिहरुले गाउँमै ३०० वटा सफा चर्पीको निर्माण गर्नेछन् । भूकम्प पश्चात धादिङका अत्यन्त प्रभावित ५ वटा गाविसहरुमा १४ वटा मिस्त्रि तालिम आयोजना गरिने एक्सन नेपालका कार्यकारी निर्देशक गणेश ढुङ्गानाले जानकारी दिनुभयो ।
नीलकण्ठ नगरपालिका वडा नं. ८, ९ र १०को १५ जना मिस्त्रिहरु सहभागि भएको तालिमको पहिलो शेसन प्राविधिक जानकारीहरु प्रदान  गरि तालिम सम्पन्न गरिएको र दोस्रो शेसनमा तिनै जानकारीहरुलाई प्रयोगात्मक रुपमा सिकाई गरि तालिम सम्पन्न गरिने प्रशिक्षक सागर कार्कीले बताउनुभयो ।

तालिममा कार्यक्रम संयोजक उदीप श्रेष्ठले हाल भुकम्प पश्चात् एक्सन नेपालले गरिरहेको पुनः निर्माणको काममा मिस्त्रिहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको कुरा जानकारी गराउनुभएको थियो । साथै आई।एम।सी।का कार्यक्रम अधिकृत रश्मी पौडेलले कार्यक्रममा धादिङका ५वटा गाविसहरुमा १५सय वटा चर्पी, ८ वटा स्नान गृह, विद्यालयमा चर्पी र हातधुने सुविधाको निर्माण गरिने साथै बिग्रीएको पिउने पानीका आयोजनाहरुको मर्मत सुधारको पनि काम गरिने जानकारी दिनुभयो ।