सहकारी लेखापालन तालिम सम्पन्न

1000 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२६ जेठ ( धादिङ न्युज) ।सहकारी संस्थामा लेखाव्यवस्थापनलाई अझै व्यवस्थित र प्रभावकारी वनाउन सहकारीका लेखापाल तथा व्यवस्थापक कर्मचारीहरुका लागि पांच दिने लेखापालन सम्वन्धी तालिम संचालन गरिएको छ ।
डिभिजन सहकारी कार्यालय धादिङ र श्रीयुनिटी स्वास्थ्य सहकारी सस्था नीलकण्ठको संयुक्त आयोजनामा संचालन गरिएको तालिममा ३८ जनाको सहभागिता रहेको थियो । पांच दिन सम्म धादिङबेसीमा संचालन गरिएको तालिममा सहकारीका चारखाता,भौचर,लाभांश,साक्षी सम्वन्धी व्यवस्था,नाफा नोक्सान लगायतका बिषयमा सहभागीहरुलाई डिभिजन सहकारी कार्यालयका प्रमुख रुद्रप्रसाद पौडेल र सहकारी निरिक्षक महेश्वर ढकालले प्रशिक्षण दिनु भएको थियो ।
तालिममा नयां दर्ता भएका सहकारीका व्यवस्थापक तथा लेखापालहरुको सहभागिता रहेको श्रीयुनिटी स्वास्थ्य सहकारी सस्था नीलकण्ठका कृष्णवहादुर पौडेलले जानकारी दिनु भयो ।