युवाद्वारा चेपाङलाई न्यानो कम्बल

497 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

24012016042931Chepang_kambal_dhading-(3)-1000x0महाभारत क्षेत्रको उपल्लो भेकमा बसोबास गर्ने जोगिमारा र महादेवस्थानका चेपाङ समुदायमा न्यानो कम्बल वितरण गरिएको छ ।

नाकाबन्दीपछि पैदल यात्रुलाई आफ्नो सवारीसाधनमा लिफ्ट दिने अभियान सञ्चालनमा ल्याएर चर्चाका आएकी सुमना श्रेष्ठ सहितको युवा समूहले विभिन्न कारणले जाडोमा न्यानो कपडा अपुग भएका चेपाङ समुदायका ५ सय घरधुरी लाई न्यानो कम्बल वितरण गरेका हुन् ।

स्थानीय संस्थाले चेपाङहरुसँग पुरानो ऋण असुलेर समयमै न्यानो कपडा किन्न नपाएको समाचार प्रकाशित भएपछि सुमना सहितको युवा समूहले राजधानीमा करिव ६ लाख मूल्य बराबरको कम्बल संकलन गरिएको थियो ।

युवा समूहले महादेवस्थानमा २ सय र जोगीमारामा ३ सय घरधुरी लगायत मझिमटार स्थित महिला छात्रावास, स्थानीय सहकारीलाई कम्बल वितरण गरिएको जोगीमारा गाविस कार्यालयका नासु पुरुषोत्तम घिमिरेले बताए ।

न्यानो कम्बल लैजान ५ घण्टा पैदल हिँडेर चेपाङ राजमार्ग आएका थिए ।