संकटमा नेपाली कागज उद्योग

1063 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

आरुघाट (धादिङ )÷ सरकारी काम काजका लागि अनिवार्य रुपमा प्रयोग हुने गरेको नेपाली कागज उत्पादनका लागि चाहिने कच्चा पदार्थ लोक्ता र जनशक्ति को अभाव वढन थाले पछि नेपाली कागज उद्योगको उत्पादनमा संकटमा पर्न थालेको छ ।
धादिङ र गोरखा जिल्लाका सिमानामा रहेको प्रमुख व्यापारिक केन्द्र आरुघाटमा संचालनमा रहेको धादिङ जिल्लाकै एक मात्र नेपाली काजग उद्योग मनास्लु नेपाली कागज उद्योगले अहिले नियमित रुपमा नेपाली कागजको उत्पादन गर्दै आईरहेको छ । नेपाली कागजको उत्पादनका लागि चाहिने कच्चा पदार्थ लोक्ता उच्च हिमाली भेगमा मात्र पाइने गर्दछ । संरक्षणको अभावले केहि वर्ष यता हिमाली भेगमा लोक्ताको उत्पादनमा कमि आउन थालेपछि कागज उद्योग प्रभावित वन्दै गईरहेको हो । यस गरी काजग कारखानाका लागि चाहिने जनशक्तीको पनि अभाव हुने गरेको व्यवसायीहरु वताउंछन । वर्षौ देखि नियमित रुपमा नेपाली कागज उत्पादन गर्दै आईरहेको मनास्नु नेपाली कागज उद्योगले विदेशमा समेत निर्यात हने उच्च गुणस्तरको कागज उत्पादन गर्दै आईरहेको उद्योगका संचालक सानुकाजी श्रेष्ठ वताउनुहुन्छ ।कच्चा पदार्थ लोक्तालाई ल्याएर धेरै पटक प्रशोधन गरि नेपाली कागज वनाउन निकै समय र खnepali kagaj copyर्च लाग्ने गर्दछ । आंफुले उच्च गुणस्तरको सामान उत्पादन गरेका कारण स्थानीय वजारका साथै चितवन, गोरखा,पाल्पा, पोखरा ,भैरहवा बुटवल लगायतका शहरहरुमा रमाग अनुसार जापानमा समेत सजिलै संग विक्रि वितरण गर्ने गरिएको संचालक श्रेष्ठको भनाई छ ।
लोक्ताको अभाव वढन नदिन हिमाली भेगका सामुदायिक वन र वन संरक्षण समितिहरु संग समन्वय गर्दै लोक्ता संरक्षणका लागि पहल हुने गरेको पनि श्रेष्ठले वताउनुभयो । द्धन्द्धको समयमा उद्योग चलाउन निकै समस्या परेको भएपनि आंफुहरु विचलित नभई व्यवसायमा लागि परेका कारण अहिले सम्म उद्योग संचालन भईरहेको श्रेष्ठले वताउनुभयो । एक दशक अघि सम्म धादिङ जिल्लाको गाउं गाउंमा नेपाली काजग उद्याग संचालनमा रहेको भएपनि ति सवै उद्योगहरु अहिले वन्द भईसकेका छन । कागज उत्पादनका लागि चाहिने कच्चा पदार्थको संरक्षण र उद्योगमा काम गर्नेजनशक्तीलाई जोगाउन सकिएन भने जिल्लाकै एकमात्र नेपाली काजग उद्योग पनि बन्द हुन सक्ने व्यवसायीहरुको चिन्ता रहेको छ । मनास्लु कागज उद्योगले कम्प्युटरमा प्रिन्ट गर्न मिल्ने कागज छाप्दै आईरहेको छ । अन्य उद्योगका तुलनामा यसरी प्रिन्ट पेपर छाप्ने उद्योगमा जनशक्ती र कच्चा पदार्थ बढी हुने गरेको संचालक श्रेष्ठले वताउनु भयो । विगतमा निकै कष्ट सहेर पनि उद्योग संचालन गरिएको हुंदा अवको दिनमा यस उद्योगलाई अझै आधुनिकीकरण गरेर उच्च गुणस्तरको नेपाली कागज छाप्ने उद्योगले योजना बनाईरहेको संचालक श्रेष्ठले वताउनुभएको छ ।