नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङ शाखाको सभापतीमा कृष्णलाल चयन

857 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 images heart
धादिङ,२६ जेठ ( धादिङ न्युज) । नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङ शाखाको प्रथम अधिबेशन शनिवार धादिङबेसीमा सम्पन्न भएको छ ।अधिबेशनले आगामी तीन बर्षका लागि कृष्णलाल उप्रेतीको अध्यक्षतामा १२ सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको छ ।
शनिवार धादिङबेसीमा सम्पन्न भए30047_125172390843377_700844_nको अधिबेशनवाट जिल्ला कार्य समितिमा चयन हुने अन्य  पदाधिकारी तथा सदस्यहरुमा उपसभापती पार्वती खांड चाम्लिङ राई, शान्तबिक्रम बानिंया,सचिवमा राजकुमार श्रेष्ठ,सह सचिवमा रामहरी रेग्मी,कोषध्यक्षमा नवराज शर्मा र सहकोषाध्यक्षमा मुना भट्ट रहनुभएको छ । यसैगरी कार्य समितिको सदस्यहरुमा चयनहुनेहरुमा भुपेन्द्रकुमार श्रेष्ठ,बाबुराम अधिकारी,डाक्टर माधव लम्साल, माधव गुरुङ र इश्वरीप्रसाद अधिकारी हुनुहुन्छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डाक्टर प्रकाशराज रेग्मीको प्रमुख आतिथ्य र महासचिव दीपेन्द्रपुरुष ढकालका साथै धादिङ जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर रसिला अमात्यको बिशेष आतिथ्य रहेको अधिबेशनमा जिल्लाका विभिन्न समाजिक संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष डाक्टर रेग्मीका अनुसार धादिङ ३७ औं शाखाको रुपमा विधिव मान्यता पाएको छ । देशका ३७ जिल्लामा शाखा र २७ जिल्लामा तदर्थ समिति रहेको प्रतिष्ठानले देशभरीका ६४ जिल्लामा आफ्नो संगठन बिस्तारगरी हृदयरोगसंग सम्वन्धीत व्यक्तिहरुको सहयोगका लागि अभियान संचालन गर्दै आईरहेको छ ।