पुरुषहरु अप्रत्यक्ष रुपमा सेक्सको प्रस्ताव राख्छन् -गायिका सहिमा श्रेष्ठ

1410 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • भर्खरै मात्रै सम्पन्न D Cine award 2072  मा ‘ तिम्रा डोला डोला हातमा’ गीतबाट पाश्र्व गायिकाको आवर्ड हात पारेकी गायिका सहिमा श्रेष्ठले न्युज बैँक नेपासँग सेक्सको बारेमा खुलेर कुरा गरेकी छिन् । प्रस्तुत छ HOT 11 का लागी उनीसँग सरिता पौडेलले गरेको कुराकानी – 

    s-shrestha-1१.सेक्स के हो , त्यसप्रति तपाईको धारणा कस्तो रहेको छ ?

    सेक्स भनेको अनिवार्य, सामान्य र प्राकृतिक नियम नै हो ।

     २. तपाईले सेक्सको बारेमा कहिलेबाट थाहा पाउनुभयोे ?

    नौ कक्षा पढ्दै गर्दा स्कुलमा सरहरुले पढाउनुभएको थियो त्यो नै मैले पहिलोपटक सेक्सको बारेमा थाहा पाएकी हुँ ।

    ३. तपाईलाई मानिसको शरीरको कुन भाग सेक्सी लाग्छ र किन ?

    मलाई पुरुषको कुरा गर्नुपर्दा अनुहारको बनावट र कहिलेकाही ह्ेयर स्टाइल पनि बढि सेक्सी लाग्छ तर महिलाको चाहीँ आखाँ नै हो सेक्सी लाग्ने ।

    ४.विहेपछिको सेक्स राम्रो हुन्छ की विहे अघिको सेक्स तपाईको बुझाइमा ?

    म एउटा अविवाहीत केटी हुँ मैले अहिलेसम्म सेक्सको अनुभव लिएको छैन । त्यसैले पनि होला मेरो बुझाइमा विहेपछिको सेक्स राम्रो हुन्छ किनकी विहेपछिको सेक्सले मात्रै कानुनी मान्यता पाएको हुन्छ भन्ने कुरामा मात्रै विश्वास गर्छु म ।

    s shrestha

    ५.तपाईले सेक्सको अनुभव लिनुभएको छ ?

    म अहिलेसम्म अविवाहित छु म विहेअघिको सेक्स मन पराउँदिन त्यसकारण सेक्सको अनुभव लिएको छैन अहिलेसम्म ।

    ६. अहिलेसम्म कसैले सेक्सको प्रस्ताव गरेको छ कि छैन यदि छ भने तपाईले त्यसको उत्तर कसरी दिनुभयो ?

    अप्रत्यक्ष रुपमा केही पुरुषले सेक्सको प्रस्ताव राखेका छन् तर मैले त्यो स्विकार गरेको छैन । प्रत्यक्ष रुपमा भने कसैले त्यस्तो प्रस्ताव राखेको छैन । सधै सबै राम्रो मान्छेको मात्रै संगत हुदँैन जीवनमा त्यसैले अप्रत्यक्ष रुपमा त्यस्तो प्रस्ताव राख्नेलाई मैले अर्को पटक बोल्न नसक्ने गरि जबाफ फर्काउने गरेको छु । एकपटक प्रस्ताव गरेको मान्छेले मैले जबाफ दिएपछि दोस्रो पटक फेरी प्रस्ताव राख्ने हिम्मत गरेको छैन ।

    ७. उमेरले सेक्स डिमाण्ड गर्छ पुर्ति गर्न के गर्नुहुन्छ ?

    त्यस्तो फिल गरेको छैन खासै, म आफुलाई सम्हान्न सक्छु ।

    ८. मानिसहरु किन बुझेर पनि सेक्सको बारेमा खुलेर बोल्न चाहदैँन्न् ?

    सेक्स भनेको लुकेर गर्ने हो भन्ने सोचाई छ त्यसैले पनि कसैले सेक्सको बारेमा खुलेर बोल्न चाहदैँन । अनि अर्को कुरा संस्कारले पनि फरक पार्छ मानिस कस्तो संस्कारमा जन्मेको छ हुर्केको छ उसले सोही अनुसार सेक्सप्रतिको चाहनालाई प्रस्फुटित गर्छ ।

    ९. तपाईलाई संसारमा सबैभन्दा बढि को सेक्सी लाग्छ चलचित्र क्षेत्रको कुरा गर्नुपर्दा ?

    म्हिलामा बलिउडकी नायिका करिना कपुर र पुरुषमा नायक अक्षय कुमार बढि सेक्सी लाग्छ अनि अभिषेक बच्चन पनि सेक्सी नै लाग्छ ।

    s shrestha 2

    १०.विबाहको सोचाई के छ नी ?

    उमेर भएको छैन जस्तो लाग्छ त्यसैले पनि अहिलेसम्म विहेको बारे सोचेकै छैन ।

    ११. सेक्सको बारेमा स्कुल क्याम्पसहरुबाट नै शिक्षा दिनुपर्छ भन्ने कुरामा कत्तिको सहमत हुनुहुन्छ ?

    सहमत छु ,सबै कुरा सिक्ने भनेको स्कुललेबल बाट नै हो त्यसैले सेक्सको बारेमा पनि स्कुलबाट नै जानकारी गराउनुपर्छ यसको फाइदा बेफाइदाको बारेमा ।

    -न्यूज बैक नेपालबाट