नेपाललाई सीधै विश्वकप छनोट हुने अवसर

717 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

31012016085811cricketIMG_9032-1000x0

माघ २१, २०७२- नेपालले अर्को आईसीसी यू–१९ विश्वकपमा सीधै छनोट हुने अवसर पाउन सक्छ । बंगलादेशमा भइरहेको यू–१९ विश्वकपमा एसोसिएटमध्ये शीर्ष रहने टिम सन् २०१८ मा न्युजिल्यान्डमा हुने प्रतियोगितामा सीधै छनोट हुनेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बिहीबार दुबईमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बंगलादेशमा एसोसिएटबाट नेपाल, अफगानिस्तान, नामिबिया, स्कटल्यान्ड, आयरल्यान्ड, फिजी र क्यानडाले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमा नेपाल र नामिबिया मात्र एसोसिएट राष्ट्रबाट क्वाटरफाइनल पुग्ने टिम हुन् । नेपाल र नामिबियामध्ये जो माथि रहन्छ, त्यही टिम न्युजिल्यान्डको विश्वकपका लागि सीधै छनोट हुनेछ । समूह चरणमा दक्षिण अफ्रिकालाई पराजित गरेको नामिबियाले शुक्रबार नै भारतसँग सेमिफाइनलमा स्थान पाउन खेल्दै छ ।

एसोसिएटबाट ६ राष्ट्रले विश्वकपमा सहभागिता जनाइरहेका छन् । अस्ट्रेलियाले सुरक्षाका कारण नखेलेपछि आईसीसीले अन्तिममा आयरल्यान्डलाई खेल्न बोलाउँदा बंगलादेशमा ७ एसोसिएट राष्ट्रले यू–१९ विश्वकपमा प्रतिस्पर्धा गरिरहेका छन् । न्युजिल्यान्ड विश्वकपमा बाँकी ५ एसोसिएट राष्ट्रको छनोट क्षेत्रीय प्रतियोगिताबाटै हुनेछ ।

नेपाल २०१३ को नोभेम्बरमा कुवेतमा भएको एसीसी यू–१९ प्रिमियरमा दोस्रो भएपछि यू–१९ विश्वकपमा सोझै छनोट हुन सकेको थिएन । त्यसपछि गत वर्षको अक्टोबरमा मलेसियामा भएको आईसीसी यू–१९ विश्वकप छनोटको फाइनलमा आयरल्यान्डलाई ३ विकेटले पराजित गरी बंगलादेशको टिकट काटेको थियो कान्तिपुर अनलाइनमा खबर छ ।