नेपाली कांग्रेस धादिङको तेह्रौं अधिवेशन धादिङबेसीमा शुरु ,सभापतिमा भीम ढुंगाना र रमेश धमला भिड्दै

520 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12717450_1023018077721473_3653800255291804290_nनयाँ नेत्तृत्व चयनका लागि नेपाली कांग्रेस धादिङको तेह्रौं अधिवेशन सदरमुकाम धादिङबेसीमा शुरु भएको छ । पार्टीको जिल्ला सभापति लागि भिमप्रसाद ढुंगाना र रमेश धमलाको नेत्तृत्वमा रहेको दुईवटा समुहका बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
ढुंगाना समूहबाट सचिवमा अक्कलवहादुर तामाङ , कोषाध्यक्षमा टेकजंग लामाले उम्मेदवारी दिनुभएको छ भने क्षेत्र नम्बर २ वाट महासमिति सदस्यमा भीमप्रसाद ढुंगाना, डाक्टर राजाराम कार्की र कल्पना अधिकारी मैदानमा उत्रिएका छन ।
यसै गरी रमेश धमलाको नेत्तृत्वमा सचिवमा हरिराम बुर्लाकोटी, कोषाध्यक्षमा बाबुकृष्ण सापकोटा र क्षेत्र नम्बर २ वाट महासमिति सदस्यमा रमेश धमला,झंक नारायण श्रेष्ठ,यामनाथ दनै र अम्विका अधिकारी प्रतिस्पर्धामा रहेका छन । दुवै पक्षले आफ्नो समुहले जित्ने दावी गरका छन । धमलालाई संस्थापन पक्षको समर्थन रहेकाले धमलाले जित हासिल गर्ने धेरैको अनुमान रहेको छ । जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा सम्पन्न क्षेत्रीय समितिमा संस्थापन पक्षले जितेको छ । क्षेत्रीय समितिको सभापतिमा एक नम्वरमा योगवहादुर तामाङ, दुई नम्बरमा देवीप्रसाद कोइराला र क्षेत्र नम्बर ३ मा कृष्ण रिजाल निर्वाचित भएका थिए ।