राजकीय सम्मानका साथ कोइरालाको अन्त्येष्टि

716 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10022016053830koirala-1000x0माघ २७, २०७२- पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको राजकीय सम्मानका साथ बुधबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

कोइरालाको पार्थिव शरीरमा भतिजाहरु सुधांशु र अतुल कोइरालाले दागबत्ती दिए । पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृह सुरु भए पनि हिन्दू परम्पराअनुसार चितामै राखेर दाहसंस्कार गरिएको हो ।

अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न दलका नेताहरु, कांग्रेसका कार्यकर्ता, शुभेच्छुक एवं आफन्तजनको ठूलो उपस्थिति थियो ।

आर्यघाटमा कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, कुटनीतिज्ञ, सरकारी उच्च अधिकारीलगायतले अन्तिम श्रद्धाञ्जलि अर्पण गरे । प्रधानमन्त्री ओलीले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाए ।

यसअघि दशरथ रंगशालाबाट कोइरालाको शवयात्रा सुरु भएको थियो । रंगशालाबाट सुरु भएको शवयात्रा थापाथली, सिंहदरवार, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो इकान्तिपुरमा खबर छ । ।